डेनमार्कमा पनि भेटियो इबोला भाइरस I

कोपेनहेगन, ३० असोज ।,

युरोपेली राष्ट्र डेनमार्कमा पनि इबोला भाइरसका एकजना सङ्कास्पद बिरामी भेटिएको समाचार छ ।

सो समाचारअनुसार डेनमार्कको कोपनहेगन सहरको एचभिड्रोभ अस्पतालमा ती बिरामी भर्ना गरिएको बताइएको छ ।

ती बिरामीको पहिचान गोप्य राखिएको छ । उनलाई अस्पतालमा विशेष रूप्मा निगरानीमा राखिएको पनि समाचारमा जनाइएको छ ।

सो समाचारको उक्त अस्पताल स्रोतले पुष्टि गरेको बताइएको छ । प्राप्त समाचारमा ती बिरामीमा इबोला भाइरसको सङ्क्रमण भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको बताइएको छ ।

डेनमार्कमा यसको सङ्क्रमण पहिलो पटक भएको हो । युरोपमा गत हप्तामात्र स्पेनमा सो सङ्क्रमण भित्रिएको थियो ।

पश्चिम अफ्रिकी देशबाट सुरु भएको र सबैभन्दा बढी प्रभावित सोही क्षेत्रमा रहेको भए पनि यसरी यो सङ्क्रमण भित्रिएपछि इबोलाको प्रभाव विश्वव्यापी हुनसक्ने त्रास विश्वव्यापी रूप्मा फैलिएको छ । रासस÷सिन्ह्वा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com