कार्तिक ९ ,भर्जिनिया
लंगुर बुर्जा र कौडा झन्डै ३ बर्ष अगाडी दशैँ र तिहारमा मनोरंजन गर्न नेपालबाट मगाएको जानकारी उनले दिए । र , डिसीमा दिदिसंग टिका लगाउन क्यानाडाबाट १० घण्टाको यात्रा गरेर आएको जानकारी दिदै हामीले हाम्रा चाड पर्व ,संस्कृति र परम्परालाई हाम्रा भाबी सन्तानलाई बचाई राख्नु पर्छ भन्दै यो सबैले गरे मात्र सम्भव हुने बताए ।
विजय थापा : अमेरिकामा नेपाली समुदायलाई तिहारले पूर्ण रुपमा छोपेको छ । र ,आज भाई टिकाको दिन ११ बजेर ३५ मिनेटको शुभ साईतमा टिका लगाईएको छ ।
।
नेपालीहरुको महत्वपूर्ण चाड तिहारको उपलक्ष्यमा चेलीबेटीहरुले सेलरोटि बनाएका छन् भने नेपाली समुदाय बढ्दै गएकोले महिला दिदिबहिनि तथा चेलीबेटीहरुले नेपाली समुदायसंग देउसी भैलो खेलेका छन् l पुरुषहरु अग्रिम निम्ता दिदै देउसी घर घर खेली रहेका छन् ।
नेपाली परिकारका सामग्री बनाउन सबै चिज उपलब्ध हुने भएकोले तिहारमा नेपालमा बनाईने सबै चिज बनाउन थालिएको छ । र, डिसी क्षेत्रमा लंगुर बुर्जा समेत स-परिवार मिलेर खेलेका छन् । नेपालीहरुको दोश्रो ठुलो चाड भएकोले भाई टिकाको दिन लंगुर बुर्जा ,कौडाको साथै तास पनि खेलेर भाई टिका हर्सौल्लासको साथ मनाईएको क्यानाडाबाट वाशिंगटन डिसी आएका नेपालीले बताए ।