डिसीमा बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न I

भाद्र २४ ,भर्जिनिया ,

 विजय थापा : नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको आयोजनामा बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ । नेपाली प्रजातान्त्रिक ईतिहासका महानपुरुष, बहुदलिय प्रजातान्त्रिक व्यवस्थाका प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं राष्ट्रियता, लोकतन्त्र र समाजवाद सिद्धान्तका प्रतिपादक जन नायक स्व. विश्वेश्वर प्रसाद कोइरालाको जन्म शतबार्षिकीको अवसरमा रक्तदान ,कविता वाचनको साथै बीपीका विचार बिषयमाकार्यक्रम केन्द्रित गरिएको थियो । 
एक दिन अगाडी गरिएको रक्तदान अमेरिकन रेड्क्रसको रक्तदान केन्द्रमा भएको रक्तदान कार्यक्रममा नेपाली दूतावास वाशिङ्टन डि सि का उपनियोग प्रमुख श्री नारायण मैनालीले रक्तदान गर्नु भनेको कसैको लागि जीवन दान गर्न पाउनु हो भन्दै सबै रक्तदाताहरु मानव धर्म र समाज सेवाका लागि प्रेरणाका श्रोत हुन भन्नु भयो । उहाले रक्तदान जस्तो पून्य कार्यको आयोजना गरी नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया शाखाले उदाहरणिय सामाजिक सेवा गरेकोमा आयोजकहरुको प्रसंशा गर्दै नेपाली दूतावासको तर्फबाट धन्यवाद दिनु भयो । 
प्रमुख अतिथि नेपाली दुतावासका कार्यबाहक राजदुत ऋषि राम घिमिरेले बिपीको बिचार र व्यक्तित्व खुला किताब लागेको बिचार ब्यक्त गर्नु भएको थियो भने उक्त अवसरमा कबिता वाचन पनि गराईएको थियो lसाथै कार्यक्रम को एक दिन अगाडी बिभिन्न व्यक्तिहरुले रक्तदान पनि गरेका थिए । बिशेष अतिथि कृष्ण चन्द्र नेपालीले नेपाली कांग्रेस ल्याएको १२ बुदे सम्झौतामा दलहरुलाई ल्याएको बिचार व्यक्त गर्नु भयो ।

बिपी जयन्तिको अवसरमा बिपीका बिचार र व्यक्तित्व बारेमा अमेरिका नेपाल समाजका अधक्ष्य डा ठाकुर पुडासैनी ,नगेन्द्र पौडेल ,केशब खनाल ,पवन खनाल ,रमेश खकुरेल ,सुकदेव शाह ,रमेश पन्त तथा अन्य वक्ताहरुले मन्तब्य राखेका थिए । कार्यक्रम नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाका अधक्ष्य राम शरण हुमागाईको सभापतित्वमा सम्पन्न भएको थियो । सभापति हुमागाईले बिपीका बिचार र बिपीले प्रतिपादन गरेको सिद्धान्त प्रति सबैले वफादार हुनु पर्ने र अबलम्बन गर्न जरुरि भएको कुरा राख्दै उपस्थित हुने सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए। 



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com