काठमाडौ, भाद्र २० ,
मलेसियामा सम्पन्न 'मिसेस युनिभर्स-२०१४' मा नेपालको प्रतिनिधित्व गरेकी रजनी थापाले मिसेज ब्युटिफुलको उपाधि जितेकी छन्।
मिसेज नेपालको दोस्रो संस्करणकी विजेता रजनीले क्वालालाम्पुरस्थित सन वे रिर्सोटमा सम्पन्न भएको फाइनल प्रतियोगिता ६३ देशका प्रतियोगीमाझ ब्युटिफूल अवार्ड थापेकी हुन्। नेपालको तर्फबाट यो दोस्रो उपलब्धि हो। अघिल्लो वर्ष नेपालको तर्फबाट मीना घिमिरेले 'मिसेज इन्टेलिजेन्स' को उपाधि हात पारेकी थिइन्।
विभिन्न देशका लगभग ३ हजार दर्शक सामु रजनीले नेपालको झन्डा फहराउँदै आपmनो प्रतिभा प्रस्तुत गरेकी थिइन्। यसअघि 'मिसेस ग्लोब २०१३' मा नेपालका तर्फबाट सहभागी बनेकी रजनी थापाले 'मिसेस फिलेन्थ्रोपी' विधाको अवार्ड समेत जितेकी थिइन्।
'प्रतियोगिताले दुइटा उपलब्धि दिएका छन्,' मिसेज नेपालका आयोजक संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले दाबी गरे, 'मुलुकबाहिर नेपाल प्रवर्द्धन र नेपाली प्रतिभाका लागि अन्तर्राष्ट्रिय मञ्च।'
Source-ekantipur :