काठमान्डू भाद्र १९,
छोरीलाई बलात्कार गर्ने इलाम दानाबारी–९ का विमलकुमार राईलाई जिल्ला अदालत इलामले आज २० वर्षको कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले राईलाई मुलुकी ऐन जबरजस्ती करणी महलको १ र २ नम्बरबमोजिम कसुर ठहरिएकाले सोही महलको ३ (१) अन्तर्गत १० वर्ष र मुलुकी ऐनको हाडनाता करणीसम्बन्धी महलको १ बमोजिम थप १० वर्ष गरी २० वर्ष कैद फैसला सुनाएको अदालतका तहसिलदार अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
पीडकबाट पीडितलाई रु २५ हजार क्षतिपूर्ति भराइदिनसमेत फैसला गरेको छ । राईले गत जेठ १४ गते छोरीलाई बलात्कार करणी गरेका थिए ।by, NB: