चितवन भदौं २९,
चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाब संर
क्षण केन्द्रमा आश्रित चेपाब वालवालिकाका लागि खाद्यान्न र
लत्ता कपडा सहयोग प्राप्त भएको छ । काठमाडौंको तक्षशिला
एकाडेमी र सक्रिय महिला समुहले वालवालिकालाई खाद्यान्न
र लत्ता कपडा सहयोग गरेको हो ।
विद्यालयका सहायक प्र
ाचार्य जयन्त आचार्य र कक्षा १२ मा अध्ययनरत विद्यार्थी तथा
महिला समुहका सदस्यहरु केन्द्रमै आएर खाद्यान्न र लत्ता कपडा
वालवालिकालाई हस्तान्तरण गरेका थिए । त्यसैगरी रत्ननगर
–१ बकुलहर निवासी तिलकराज पराजुलीले आफनो २४ औं
जन्मदिन चेपाब वालवालिका संगै मनाएका छन ।
आमा राधा पर
ाजुलीसंगै केन्द्रमा पुगेर तिलकराजले जन्म दिनको अवसरमा चे
पाब वालवालिकालाई २ छाक खानाको समेत व्यवस्था गरेका छन ।
केन्द्रमा हाल ७० जना चेपाब वालवालिका आवासीय सुविधा सहित
अध्ययन गरिरहेका छन ।