चितवन भदौं २३ ,
शिशिर सिम्खडा : पूर्वी चितवनको पदमपुर–८ दुईसय विगाहकी ७१ बर्षीया कान्छीमाया
सिंतानको जवरजस्ती बिवाह गराएको भन्दै प्रहरीले स्थानीय ६
जनालाई पक्राउ गरेको छ । गत भदौं १४ गते आफनो घर आएका
भदैनी ज्वाई संग अनैतिक कार्यगरेको अरोप लगाई स्थानीयले
एकल महिला समेत रहेकी कान्छीमायालाई १५ गते कुटपीट गर
ी कालोमोसो लगाई हात समेत बाधेर गाउँ घुमाएको पिडित
कान्छीमायाले बताईन ।
इलाका प्रहरी कार्यालय रत्ननगरको परिषर
मा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् तीजको समयमा भदैनी
र ज्वाईलाई वोलाएकोमा भदैनी विरामी भएर आउन सकिनन्,पाहुना
आएका ज्वाई अंगत मोक्तानलाई नै यस्तो गरे । ज्वाई मो
क्तान स्थानीयको कुटाईवाट घाइते भई अस्पतालमा उपचारपछि घर
र्फकेका छन । घटनामा किटानी जाहेरी परेका १७ जना मध्य प्र
विना गोले,बुद्धिमाया विक,सरस्वती ब्लोन,विरबहादुर सिंतान,पदमबहादुर
तामाब,ऋषिराम मरहठठालाई प्रहरीले पक्राउ गरी कारवाही अगाडी
बढाएको इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी टीकाबहादुर
कार्कीले बताए ।
अन्य किटानी जाहेरी परेका हरुको खोजिकार्य
भईरहेको समेत उनले बताए । घटनाको सम्वन्धमा महिला अधिकार
कर्मी पार्वती रावल,विमला दवाडी,महादेवी खतिवडा र विमला तामाबले यस्तो
जघन्य प्रकारको महिला हिंसाको घटनामा संलग्न लाई कानुनी
दायरामा ल्याउनुपर्ने पत्रकार सम्मेलनमा उनीहरुले माग गरेका छन ।
त्यसैगरी गत भदौ १५ गते घर अगाडी बनाएको माने भत्काएको आर
ोपमा प्रहरीले जुटपानी–७ सुर्यपुरकी सिता तामाब सहित एकै परिवारका
मानबहादुर योञ्जन,साईली योञ्जन,सुनविर घिसिबलाई समेत पक्राउ
गरेको छ ।
पक्राउ परेकी सिताको चार महिने छोरो समेत प्रहरी हिर
ासतमा रहेकोमा सिताले दुखेसो व्यक्त गरेकी छन । उनने भन्नि ४
महिने छोरोलाई दुध र औषधि खुवाउन समस्या परेको बताईन ।
आफनो जग्गामा परेको सो माने अदालतले समेत आफनो पक्षमा
निर्णय गरेको हटाउनको लागि तोडफोड गरेको स्वीकादै उनले
भनिन् अदालतले समेत फैसला गरेको छ ।