बलात्करिलाई फाँसी हुनु पर्छ I

२१ औं शताब्दीको उत्तरार्धमा आइपगेको समाजका मनोवृति ढुंगे युग भन्दा अलि पछाडी छ झैं लाग्दैनछ । अजकल  प्रातकाल समाचारका पानाहरुमा बलात्कारका कालो बोल्ड अक्षरहरु चम्किएका हुन्छन, लाग्छ त्यो चमक गुहारको चित्कार हो । 

मै हुँ ती प्रताडित अभागिनी जसको आवाज सेती र महाकाली सम्म ठोक्किन पुगेकोछ   । ती आवाजहरुले सरिरका रौँ हरु सिधा हुन्छन, मन मष्तिस्क स्तब्ध हुन्छन , दिमागले काम गर्न छोड्छ , आफ्नै आँखाहरु नि झुट्ठा लाग्छन , सुन्ने कान बैरो थियो कि भन्ने भान हुन्छ । हो, एक सिङ्गो मान्छे मात्रै होइन सिङ्गो समाज र देश ले स्थिर भै एकछिन उभिन सक्षम हुँदैन अनि सेतो सगरमाथा सँग आँखा जुधाउन सक्दैन ।

 विषय काभ्रेकी पूजा कार्कीको हो । जो आफ्नै हजुर बुवा र बाबु बाट बार बार बलात्कृत भइन । सानै देखि डाक्टर बन्ने सपना देखेकी पूजाले दस बर्ष जतिखेर बलात्कार के हो भन्ने उनले बुझेकी पनि थिइनन त्यतिखेर देखि नै आफ्नै आदरणीय हजुर बुवा बाट बलात्कार हुन पुगिन् । कस्तो अकल्पनीय आफ्नै मन मान्न तयार हुँदैन कि कोहि यसरि बलात्कृत हुन्छ त्यो पनि आफ्नै रक्षक द्वारा । पटक पटक कैयौं पटक यसरि आफ्नै हजुर बुवा बाट पिडित उनले जब जन्म जननी आमालाई सुनाइन इज्जत जाने त्रासले उल्टै मानसिक र सारीरिक तनाब खेप्नु पर्यो । उनि दिनै आमाको कुटाइ सहनु पर्दथियो । समाजको डरले यसप्रकार घिनलाग्दो हिँसा चुपचाप दबाउन खोज्नु आफ्नै घर भित्र डरलाग्दो जघन्य आपराधिक कार्यलाई प्रस्रय दिनु महा अपराध हो  ।  दोषीलाई साच्चै  कानूनको कठघरामा उभ्याउने हो भने भने ती पूजा कार्कीकि आमा पनि उत्तिकै सजायको भागिदार छिन् जति उनको श्रीमान् । 

बार बार यस्तो घिनलाग्दो क्रियाकलापलाई सहदै, भोग्दै आएकी पूजाले आफ्नो जन्म दिने बाबु विदेश (मकाउ) बाट फर्किए अनि छोरीले आफ्नो पीडाका पहाड बिसाउन खोजिन आमाले साथ् नदिएको त्यस अबस्थामा जन्म दाता बाबुले त साथ् देलान भन्ने भ्रम तब टुट्यो जब छोरीको कुरा सुनेपछि ती बाबु नामका नरभक्षी पुनः आफ्नै छोरीलाई नंग्याएर कलिलो सरिर माथि खेल्न थाल्यो । जत्ति रुये, कराए पनि त्यहाँ उनको चित्कार सुन्ने कोहि थिएन शिवाय दुरापरिस्थिति । मलाइ मेरै जन्म दाता बाबुले मार्दिन्छु भनि धम्क्याई धम्क्याई , कुट्टी कुट्टी बलात्कार गर्यो भन्छिन पूजा । अनि त उनि कसलाई सुनाउन सक्थिन र त्यस्तो अकल्पनीय घृणित कथा ? यस्तो घोर अन्धकारमय वातावरणमा पनि पूजाले एस एल सी मा ८३ % ल्याई उत्तीर्ण भइन । र, एघारमा भर्ना भइन तर आफ्नैले उनलाई बार बार मारेका थिए , थिचेका थिए , पिसेका थिए अनि लुछेका थिए तसर्थ उनको कुरो कसैले नसुने पछि, विश्वास नगरे पछि  नितान्त एक्लिएकी पूजाले अन्ततः आत्म हत्या गर्ने निर्णय गरिन र लेखिन सम्पूर्ण कु-कृत्य जुन उनले भोग्दै आएकी थिइन आफ्नै हजुर बुवा र बाबु बाट एक सुसाइड नोटमा  अनि गरिन विष सेवन तर उनको राम्रो दिन उनिलाइ  अस्पताल पुर्याइयो र उनि बाँच्न सफल छिन् । यो कुरो बाहिर हल्ली-खल्ली भएपछी बैजत हुने डरले पूजाका हजुर बुवाले विष सेवन गरि आत्मदाह गरे । अस्पतालमा पनि आफ्नैले धारेहात अगायेर किन बाँचेकी भने । 

आफ्नैले पटक पटक मारेर एक ज्यूँदो लास झैं अस्पतालको बेडमा पल्टीएकि थिइन । यसरि एक निरर्थक जीवन मृत्युको मुख बाट फर्के पछि भने पूजाले हिम्मत बटुल्न थालिन र यतिखेर भन्छिन  मैले नयाँ जीवन पाएँ अब म एक्लै भए नि लड्नेछु , मलाइ त्यो हिम्मत आएको छ कि अरु कसैले सहयोग नगरे पनि म ती दोषीलाई मृत्यु दण्ड भएको देख्न चाहन्छु भन्दैछिन पूजा कार्की यतिखेर । अनि, उनि पढ्न चाहन्छि अझै डाक्टर ।  मेटिएको छैन  चिकित्सक बन्ने राग  र साथै अब आफुलाई जस्तै अरुले यस्तो कु-कृत्य भोग्नु नपरोस भन्छिन त्यसको बिरुद्ध सदा लाग्ने कटिबद्धता जनाउछिन  । भगवान समान हुन्छन जन्म दाता, अभिभावक तर मलाइ घृणा छ  भन्छिन १९ बर्षीया पिडित पूजा कार्की ।

हाम्रो समाज कता हिडिरहेको छ त ? वा समाजलाई हामीले कता डोर्याई रहेका छौं त ? यो समाजको एक हिस्सा/अंस त तपाईं हामी नै होइन र ? आखिर के कारणले यस्तो घिनलाग्दा घटनाहरु एक देखि अर्को हुदैन छन् त ? के ले प्रेरित/प्रोत्साहित गरिरहेको छ त  ? यस्ता घृणित कार्य निरुत्साहित कसरि हुन्छ त ? त्यो कसले गर्ने नियन्त्रण ? नेपालको सन्दर्भमा भन्ने हो भने बलात्कारीलाई मृत्यु दण्ड बर्जित छ । अहिले सम्म यस्ता हाडनाता बलात्कारीलाई अपराधको प्रकृति हेरी सात देखि पन्द्र बर्ष सम्म जेल सजाय तोक्न सक्ने व्यबस्था छ तर दुर्भाग्य भन्नु पर्छ नेपालमा  सानातिना अपराध देखि ज्यान मार्नेको सम्मको सहि र सन्तुष्ट तबरमा न्यायको डोरीले कस्न सकेको छैन । आफन्त ठाउँमा छ भने बाह्र हाते छडीले सक्रियता देखाई हाल्छ र उ (कुनै पनि अपराधि) आर्थिक रुपमा सबल छ भने साच्चै उसको लागि जेल मामा घर सरह नै हुन्छ । कति फितलो  कानून ।? कति सस्तो इज्जत ? एता समाजको डरले, त्रासले लुछिनु पर्ने आफ्नै बाट सारीरिक र मानसिक रुपमा  उता कानूनका रखवालाहरु आफ्नै रबैया छ । जसले आफ्नै छोरी भन्दैन, बहिनी भन्दैन , बुहारी , भाउजु भन्दैन त्यस्ता बेशरम बलात्कारीहरुलाई त्यस्तो सजाय होस् कि अर्कोले बलात्कार गर्ने हिम्मत नगरोस । सकेक्सम्मा त्यस्ता घृणित कार्य गर्नेहरुलाई सार्वजनी स्थानमा फाँसी हुनु पर्छ ।

काभ्रेकी पूजा कार्की त एक प्रतिनिधि मात्र हुन् यसरि बाहिर नआएका यस्ता कैयौं घटनाहरु छन् जुन समाजको डर/त्रासले भित्र भित्रै दबाइन्छ जसले यस्ता जघन्य अपराध गर्नेलाई प्रश्रय दिइरहेको छ । तपाईं हामी त्यो समाजको एक अङ्ग हो भने हामीले त्यस्ता घृणित जघन्य अपराध गर्नेहरु प्रति निन्दा गर्नु पर्छ ।जहाँ यस्तो कार्य हुन्छ त्यो समाज समाज होइन एक नरभक्छिकहरुको झुण्ड मात्र हो । आफ्नै छोरीमाथि यस्तो कु-कृत्य गर्न सक्नेले अरुलाई कस्तो दृष्टिकोणले हेर्छ यो अनुमान लाउन गाह्रो पर्दैन । तसर्थ आजको सभ्य युगका सचेत प्राणि हामी त्यस्ता घृणित/आपराधिक बिरुद्ध बुलन्द आवाज उठाउनु हाम्रो कर्तब्य हो । यस्तै हो भने भोलि छोरी/बुहारी  मात्रै होइन आमाहरुलाई नै बाटो हिड्न गारो हुनेछ ।

सुनिता राई 'सुब्बा'
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com