रत्ननगर २१ भदौं
,
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रत्येक वर्ष
नेपाली साहित्यका वर्षभरि प्रकाशित उत्कृष्ट कृतिलाई अर्पण गदै
र्
आएको पद्मश्री साहित्य सम्मान यस वर्ष कथाकार मनु ब्राजकीको
कथासब्ग्रह ।
होमनाथ सापकोटा : अन्नपूर्णाको भोज’ लाई प्रदान गर्ने भएको
छ । पुरस्कारको राशी रु. दुई लाख रहेको छ । सो कथासब्ग्रहका
कथाहरूमा जीवनको भित्री तहसम्म पुगेर जीवनका विसब्गत पक्षहरूलाई
अत्यन्त सूक्ष्म रूपमा प्रस्तुत गरिएको छ । आञ्चलिकता, प्रयोग, बहुलता र
व्यब्ग्यचेत र मनोवैज्ञानिक पक्ष गहिरो रूपमा प्रस्तुत भएको छ ।
साथै यस
पुस्तकमा जीवनका निर्मम पक्षहरूलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको
छ । त्यस्तै पद्मश्री साधना सम्मान साहित्यकार ध्रुवचन्द्र गौतमलाई
प्रदान गर्ने निर्णय गरिएको छ । सो सम्मानको राशी रु एक लाख र
हेको छ । उहाँले झन्डै पाँच दशकदेखि कथा, उपन्यास, नाटक
र संस्मरणका माध्यमबाट नेपाली साहित्यको विकासमा महत्वपूर्ण
योगदान दिनुभएको छ । उहाँका कृतिहरूमा आञ्चलिकता र प्रयोगका
विभिन्न आयामहरू पाइन्छन् ।
विशेष गरी तराई र मधेशको जीवनशै
ली उहाँको आख्यानमा पाइन्छ । श्यामव्यब्ग्य र सहज तरिकाले कथा
भन्ने उहाँको आफ्नै विशिष्ट प्रकारको शैली छ । दुवै सम्मान असोज
२१ गते पर्ने कोजाग्रत पूर्णिमाको दिनमा प्रदान गरिने छ ।