कृति विमोचन साथै समाजसेवी मिना खरेल र साहित्यकार उषा शेरचन सम्मानित I

काठमान्डू भाद्र २१,
सुमित्रा  : लामो समय देखि प्रवासी भुमि इजरायलमा कर्म गरिरहेकी साहित्यकार सुमित्रा पौडेल आँचल' को 'प्रवासको कोसेली 'गजल संग्रह र 'औकात 'मुक्तक संग्रह एक साथ बिमोचन भएको छ ! बुद्धि खगी दान स्मृति राष्ट्रिय प्रतिष्ठानले देवज्योति निमावि, देवनगर ४ चिवतनमा आज गरेको कार्यक्रममा उक्त कृति बिमोचन भएको हो !

स्वर्गीय माता पिताको स्मृतिमा पौडेल 'आँचल'ले २०६९ सालमा बुद्धि खगि दान स्मृति राष्ट्रिय प्रतिष्ठानको स्थापना गर्नु भएको हो ! सोहि कार्यक्रममा कृति बिमोचन साथ समाजसेवी मिना खरेल र साहित्यकार उषा शेरचनलाई समेत सम्मानित गरिएको छ ! खरेललाई राष्ट्रिय परोपकार र शेरचनलाई राष्ट्रिय साहित्यबाट सम्मान गरिएको हो ।
साथै सोहि अबसरमा देव ज्योति निमाबि विद्यालयका संस्थापक बुद्धि सागर बास्तोलाको स्मृतिमा स्थापित उक्त प्रतिष्ठानले कक्षा १ देखि ८ सम्म अध्ययनरत २७५ जना निम्न स्तरका जनजाती वर्गका सबै बालबालिकाहरुलाई झोला वितरण गर्ने योजना रहे पनि आजको कार्यक्रममा कक्षा प्रथम हुने विद्यार्थीहरुलाई मात्र झोला वितरण गरेको थियो ।

सो विद्यालय कार्यक्रम प्रतिष्ठानका अध्यक्ष इन्दिरा देवि शर्माको अध्यक्षता एवम् विविसी नेपाली सेवाका प्रमुख तथा हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रविन्द्र मिश्रको प्रमुख आतिथ्यतामा भएको थियो । यस्तै, कार्यक्रममा चितवनका जिल्ला शिक्षा अधिकारी दामोदार आचार्य, साहित्यकार प्रेम विनोद नन्दन, सल्लाहकार पुष्प अधिकारी अञ्जली, एबिसी नेपालका किरण मरहठ्ठा , राजनीतिक दलका प्रतिनिधि ,संचार कर्मी पत्रकार लगायत स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो भने करिव ४ घण्टा सम्मको कार्यक्रम प्रतिष्ठानका महासचिव मोहन बस्यालले बडो रोमान्टिक ढंगबाट संचालन गर्नु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com