| जिल्ला अस्पताल बाजुरामा बिरामीलाई आफै रगत दिदै जिल्ला अस्पताल बाजुराका डाक्टर श्रमिर श्रेष्ठ । तस्बिर : प्रकाश सिंह |
बाजुरा आश्विन १,
जिल्ला अस्पताल बाजुरामा भर्ना भएका पाण्डुसेन ५ अगाउपानिका ४० बर्षिय प्रेम रोकायालाई रगतको अभाब भएको थियो । कलेजोको बिरामी प्रेम रगतको अभाबमा तिन दिनदेखि अस्पतालको बेडमा छड्पटाइरहेका थिए ।
रगतको लागि उनका आफन्तले दुई दिनसम्म सदरमुकाम मार्तडीमा सबैलाई हार गुहार गरे पनि कसैले रगत दिन मानेन् । प्रेमलाई ‘वी पोजेटिभ’ रगतको आबश्यक रहेको थियो । कतै नपाएपछि अन्तिम अबस्थामा उनलाई जिल्ला अस्पताल बाजुराका डाक्टर समिर श्रेष्ठ र अस्पतालका लेखापाल धर्मराज गिरीले रगत दिएर उनको ज्यान बचाए ।
दुबै जनाले एक एक पिन्ट रगत दिएको अस्पताल प्रमुख डा. दोष्ति रेग्मिले बताए । दिनभरी सबैलाई गुहार गरेपनि कसैले रगत दिन नमानेपछि डाक्टरले रगत दिएपछि मृत्युको मुखबाट बँचेको पे्रमले बताए । प्रेमको रगतमा हेमोगोलोबिनको मात्रा ३.८ ग्राम रहेको थियो ।
आफुले दिएको रगतले कसैको ज्यान जोगिन्छ भने किन नदिने भन्दै अस्पतालका चिकित्सक डा. श्रेष्ठले प्रेमलाई रगत दिएका थिए ।
‘मेरो काम नै बिरामीको ज्यान जोगाउने हो,’ उनले भने, ‘त्यसकारण बिरामीले कतैबाट रगत पाउन नसकेपछि आफ्नो रगत दिएको हुँ ।’
प्रेमलाई मात्र नभई जिल्ला अस्पताल बाजुराका स्वास्थ्यकर्मीले अन्य बिरामीलाई पनि रगत दिएर ज्यान बचाएका छन् । केही महिना पहिला मात्र प्रसुति सेवा लिन आएकी मार्तडीकी २५ बर्षिय साबित्रि थापालाई डा. झप्रिन्द्र पोखरेलले रगत दिएर बचाएका थिए । त्यस्तै खोप सुपरभाइजर विजय यादव र सिनेर अहेब टेक बहादुर खड्काले समेत बिरामीलाई रगत दिएका थिए ।
लेखापाल धर्मराज गिरीले भने ‘बिरामीलाई रगत दिन कोहि मान्दैनन् रहेछन्, अनि मर्ने अबस्थामा पुगेपछि बाध्य भएर आफुले रगत दिएको बताए ।
जिल्लामा ब्लोड बैकं स्थापना नहुँदा रगत अभाबमा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहदै आएको छ । नेपाल रेडक्रस सोसाईटिले रगत उपलब्ध गराउने भए पनि रेडक्रस सोसाइटि भने यसमा बेखबर जस्तै बनेको छ ।
बिरामीलाई रगतको आबश्यक परेमा सेनालाई गुहार माग्छौ, त्यहाँ पनि नपाईएमा आफै दिने गरेको डा. श्रेष्ठले बताए । अशिक्षा र अज्ञानताले बाजुरामा रक्तदाता नपाईने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।
केही दिन पहिला मात्र बाजुराको जुगाडा ७ बस्ने २५ बर्षिय बसन्ती रोकायाको प्रसुति भएको बेला रगत नपाएर अछामको बयलगडा अस्पतालमा ज्यान गुमाएकि थिईन् । विकट जिल्लामा समयमै रगत नपाएर धेरैले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता बन्दै आएको छ ।
आकस्मिक रक्त सचांर सेवा जिल्ला अस्पताल बाजुरा र टाटे स्वास्थ्य चौकीमा भए पनि चाहिएको समयमै रगत नपाउदा ज्यान जाने गरेको स्वास्थ्य कर्मीको भनाई छ । विगतका बर्ष हरुमा केही सुत्केरी रगत अभाबमा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता बनेको थियो । रगतको सेवा लिन प्राय धनगढी नेपालगञ्ज जानु पर्ने बाध्यता रहदै आएको छ ।स्वास्थ्य खबरबाट: