दुई बिघा जग्गा यसरि गायब भएपछी I

रुपन्देही

बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको झन्डै दुई बिघा जग्गा हराएको छ । यो जग्गा खोजिदिन अस्पतालले पटक पटक रुपन्देही जिल्ला मालपोत कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि काम भएको छैन ।

अस्पतालका सुचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार रुपन्देही जिल्ला मालपोत कार्यालयले ०५१ सालमा अस्पताललाई कुल ८ बिघा ४ कठ्ठा ९ धुर जग्गा धनी पुर्जा दिएको थियो । ०५२ सालपछि अस्पतालको जग्गा फेरि नापनक्सा गरी मालपोतले ६ बिघा ७ कठ्ठा १६ धुरको मात्र धनि पुर्जा दिएको थियो ।

अस्पतालको जग्गा खोजीनीति र संरक्षण गर्ने क्रममा ०६८ सालमा अस्पताल प्रशासनले फेरि नापनक्सा गराई हराएको जग्गा खोजिदिन मालपोतलाई ध्यानाकर्षण गराएको थियो । मालपोतले बेवास्ता गरेपछि केही दिनअघि अस्पतालले मालपोतलाई फेरि पत्र लेखी ध्यानाकर्षण गराएको छ ।

मालपोतले अस्पतालको ०५१ सालको धनी पुर्जाबमोजिम जग्गा खोजी गर्न तयार रहेको बताए पनि काम नभएको सूचना अधिकृत रेग्मीले बताए ।  अन्नपूर्णबाट:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com