सार्वजनिक स्थलमा धूमपान गर्नेलाई २० हजार जरिवाना I

भाद्र २५,

भारतमा सार्वजनिक स्थलमा धूमपान गर्नेलाई २० हजार रुपियाँ जरिवाना गर्ने नयाँ कानुन बनाइने भएको छ । सार्वजनिक स्थलमा धूमपान गर्ने कार्यलाई अपराधको प्रथम श्रेणीमा पार्ने तयारी पनि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले सूर्तिजन्य पदार्थबाट हुने क्यान्सर तथा मुटुको रोगलगायत अन्य स्वास्थ्य समस्या नियन्त्रण गर्न कानुनको तयारी गरेको हो । यो कानुनलाई संसदको हिउँदे अधिवेशनमा पेश गर्ने लक्ष्य राखिएको छ ।

नयाँ दिल्लीका पूर्व मुख्य सचिव रमेश चन्द्राको नेतृत्वमा गठित विज्ञ समितिले आफ्नो रिपोर्ट मन्त्रालयमा बुझाएको छ । रिपोर्टमा सूर्ति तथा चुरोटको बट्टामा चेतावनीजन्य संकेत तथा चित्र नछाप्ने कम्पनीलाई गरिने जरिवाना शुल्क ५ हजारबाट बढाएर ५० हजार रुपियाँ गर्ने सुझाव दिइएको छ । यस्तै सूर्ति सेवनको उमेर १८ बाट बढाएर २५ बनाइने सुझाव दिइएको छ । एजेन्सी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com