पाल्पा, ९ असोज ,
जिल्लाका सरकारी आयुर्वेदिक औषधालयहरूमा औषधिको अभाव देखिएको छ । ग्रामीण क्षेत्रका इलाकास्तरीय आयुर्वेदिक औषधालयमा मागअनुसारको औषधि आपूर्ति हुन नसकेपछि औषधिको अभाव देखिएको हो ।
बिरामीको सङ्ख्या बढ्दै जाने र केन्द्रले जिल्लामा औषधि नपठाइदिने गरेका कारण ग्रामीण क्षेत्रमा औषधिको अभाव देखिएको रामपुर आयुर्वेदिक औषधालयका कविराज चेतन पोखरेलले बताए ।
सरकारले आयुर्वेदिक अस्पतालहरूलाई व्यवस्थित रूपमा अघि बढाउन नचाहेका कारण औषधालयहरूको काम प्रभाविकारी हुन नसकेको उनको भनाइ छ । आयुर्वेदिक औषधिको प्रयोग गरी रोग निको हुन थालेपछि पछिल्ला वर्षमा आयुर्वेदिक अस्पताल जाने बिरामीको सङ्ख्या बढेको पाइन्छ । रासस: