चितवन आश्विन ९,
अज्ञात समुहको गोली प्रहारबाट चितवन राष्ट्रिय निकुञ्जका एक कर्मचारीको आज (विहिबार) एकाबिहानै मृत्यु भएको छ ।
मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर–१ बकुलहर निवासी शेषचन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । त्यस्तै गोली प्रहारबाटै माडी बघौडा–३, बसन्तपुर निवासी त्रिलोक चौधरी घाईते हुनुभएको छ ।
उहाँको कोखा, पेट र घुँडामा गोली लागेकोमा बसन्तपुरस्थित विश्वास फार्मेसीमा प्राथमिक उपचार भई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कजेजमा लगिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
उहाँको अवस्था अत्यन्त गम्भीर रहेको जनाइएको छ । काठमाडौं–माडी–ठोरी रुटमा चल्ने रात्रीबस चलाउनुहुने त्रिलोक चौधरी बस भेट्न बिहान ठोरी जाने क्रममा निकुञ्जका कर्मचारीसंगै यात्रा गरिरहँदा आक्रमणमा परेको उहाँको परिवारले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको माडी–ठोरी हुलाकी सडक खण्ड अन्तर्गत बगहीं र अमुवा पोष्टको बिचमा रहेको रातोमाटे भन्ने ठाउमा भरुवा बन्दुक सहित रहेका ५÷६ जनाको समुहले उहाँहरुमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।