बिरामीको पेटभरी जुका देखेपछि डाक्टरनै झन्नै बेहोस भए I

आश्विन ९,

चीन र जापानमा अति लोकप्रिय परिकार ‘सुशी’ का एक सौखिन चिनियाले झण्डै ज्यान गुमाउनुपरेको छ । पेट दुखेको र दाद आएको समस्या लिएर डाक्टरकहाँ पुगेका ती व्यक्तिको एक्स–रे हेरेपछि डाक्टर नै झण्डै बेहोस भए । ती व्यक्तिको पेटभरि फित्तेजुका रहेछ ।

‘साशिमी’ भनिने माछाको काचो मासु अत्यधिक खाएपछि उनलाई त्यस्तो समस्या भएको बताइएको छ । नपकाइने भएकाले माछाले खाएको फित्तेजुकाका अण्डा मानिसको पेटमा पुगेको थियो । मान्छेको पेटमा पुगेपछि जुका केही हप्तामै १५ मिटरसम्म लामो हुन्छ । यो एक वर्षसम्म बाँच्न सक्छ र एक्स–रेबाट पनि महिनौंसम्म देखिदैंन । लामोसमय बसेपछि उक्त जुकाले पेटभित्रै अण्डा पार्छ र अन्य जुका फैलन थाल्छन् ।

बेला–बेलामा थकान महसुस हुने, कब्जियत हुने र पेटमा अप्ठेरो हुने समस्या देखिएपनि कम दुखाई भएकाले ती व्यक्तिले वास्ता गरेका थिएनन् । डाक्टरहरुका अनुसार पेटमा बसेका जुकाहरु शरीरका अन्य भागतिर पनि जाने सम्भावना हुन्छ । कलेजो, आँखा, मुटु तथा दिमागमा पुगे भने तिनले मानिसको ज्यानै जाने पनि हुन्छ । फित्तेजुका पाइएका ती चिनियाको पूर्वी चीनको ग्वाङजोङ प्रान्तको अस्पतालमा उपचार भैरहेको छ । एजेन्सी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com