पुरुषका लागि गर्भनिरोधक इन्जेक्सन तीन वर्षभित्र बजारमा I


भाद्र २६,

पुरुषहरुका लागि लक्षित गर्दै निर्माण गरिएको गर्भनिरोधक इन्जेक्सन आगामी तीन वर्षभित्र बजारमा उपलब्ध हुने भएको छ । पुरुषहरुको गर्भनिरोधक इन्जेक्सन ‘भाषाजेल’ को परीक्षणले सकारात्मक परिणाम दिएपछि वैज्ञानिकहरु उत्साहित भएका छन् । 

पुरुषहरुको वीर्य आउने नली ‘भास डिफेरेन्स’ मा दिइने यो इन्जेक्सन सस्तो र दीर्घकालिक खालको पनि हुने बताइएको छ । इन्जेक्सन दिएपछि लिंगतर्फ आउने वीर्य बीचैमा रोकिने बताइएको छ । सस्ता खालका स्वास्थ्य सामग्री उत्पादनमा संलग्न हुँदैं आएको पार्सिमस फाउण्डेशनले यो इन्जेक्सन बनाइरहेको छ । उनीहरुका अनुसार इन्जेक्सन दिने प्रक्रिया भ्यासेक्टोमीजस्तै भएपनि यसमा शल्यक्रियाको आवश्यकता पर्दैन । 
 पुरुष बेबुनमा गरिएका अध्ययनले यो इन्जेक्सन प्रभावकारी देखिाएको हो । यद्यपि प्रयोग अझैं हुन बाँकी रहेको अनुसन्धानकर्ताको दाबी छ । ‘हामी यो जेललाई चाँडोभन्दा चाँडो बजारमा ल्याउन चाहन्छौं, तर, यसको प्रभावकारिताबारे अझैं पूर्ण अध्ययन हुन बाँकी छ ।’ निर्मार्ता कम्पनी पार्सीमस फाउण्डेशनका प्रवक्ताले भनेका छन् । एजेन्सी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com