रेडक्रस सोसाइटीको प्राथमिक उपचारसम्बन्धी राष्ट्रिय कार्यक्रम सुरु I

भक्तपुर भाद्र २६,

विश्व प्राथमिक उपचार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीले यस वर्ष भक्तपुरमा प्राथमिक उपचारसम्बन्धी राष्ट्रिय कार्यक्रम सुरु गरेको छ । 

रेडक्रसको भक्तपुर शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा रेडक्रसका भक्तपुर शाखाका सभापति एवम् केन्द्रीय सदस्य मनोजकुमार थापाले यस वर्ष भदौ २६ देखि २८ गतेसम्म भक्तपुरमा प्राथमिक उपचार राष्ट्रिय कार्यक्रम सुरु गरेको जानकारी दिए । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार स्वयम्सेवकलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबारका दिनलाई विश्व प्राथमिक उपचार दिवसका रूपमा विश्वभर मनाउने गरिएको छ । 

यस वर्ष ‘विपद् तथा दैनिक जोखिममा प्राथमिक उपचार’ भन्ने नाराका साथ कुनै पनि समयमा हुने विपद्बाट मानवीय क्षति र पीडालाई न्यून गर्न प्राथमिक उपचारको ज्ञान वा सीप जान्न र सम्भावित विपद्को पूर्वतयारीका सामग्रीको जगेर्ना गर्न यो दिवस भक्तपुरमा मनाइएको थापाले बताए । अहिलेसम्म मुलुकभर ८७५ जना प्रशिक्षक र १९ हजार प्राथमिक उपचार स्वयम्सेवकहरु निर्माण गरिसकेको रेडक्रसले यस वर्ष २०७१ मा मात्र नौ हजारभन्दा बढीले प्राथमिक उपचार सेवा पाएकोे सभापति थापाले बताए । 

अहिलेसम्म देशभर एक लाख २८ हजारभन्दा बढी घाइते वा बिरामीलाई प्राथमिक उपचार पु¥याइएको छ । पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिँदै रेडक्रसका महामन्त्री सुदर्शन नेपालले २७ गते दौड, हाजिरीजवाफ, रिले दौड, सिमुलेसन प्रतियोगिता, २८ गते सांस्कृतिक ¥याली, प्राथमिक उपचार कक्ष प्रदर्शनी, प्रवचन, भैरव नाच प्रदर्शन, उत्कृष्ट स्वयम्सेवक तथा प्रशिक्षकलाई पुरस्कार प्रदान र प्राथमिक उपचार प्रशिक्षण गरिने जानकारी दिए । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com