चेपाब विद्यार्थीलाई सहयोग I

पिठुवा ३१ भदौं ,

होमनाथ सापकोटा : चितवनको पिठुवामा रहको बिन्देश्वरी निम्न माध्यामिक विद्यालयले चेपाब विद्यार्थीहरुलाई आज आर्थिक तथा स्टेशनर ी सहयोग प्राप्त भएको छ ।

रत्ननगरमा रहेको मणीरत्न सुन चाँदी पसलका सञ्चालक शमशेर धमाल्येले चेपाब वालवालिकाहरु का लागि १० हजार तथा समाजसेवी संगीता भट्टराई ,दण्डापानी लामिछाने स्टेशनरी सहयोग गर्नुभएको छ । विद्यालयमा आश्रित चेपाब वालवालिकालाई सहयोग गर्ने दाताहरुलाई विद्यालयले सो अवसरमा सम्मान समेत गरेको थियो ।

मणी रत्न सुन चाँदी पसलका सञ्चालक शमशेर धमाल्ये,बिष्ट लाईट हाउस खोलेसिमलका प्रो.रामेश्वर बिष्ट लगायतलाई विद्यालयले सम्मना गरेको हो । सो अवसरमा विद्यालयले पुरस्कार तथा छात्रवृत्ती समेत बितरण गरेको छ ।

कार्यक्रममा अपाङ्गगता भएका रोजन पाख्रिनलाई ३००० नगद प्रदान गरिएको थियो । पिठुवा गाविसका सचिव चन्द्रमणी आचार्यको प्रमुख आतिथ्य एवम् विद्यालयका प्रधानाध्यापक भिमप्रसाद खनालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com