८० करोड भन्दा बडी मानिस कुपोषण र भोकमरीबाट प्रभावित I

रोम भाद्र ३१,

 गत १० वर्षमा विश्वमा भोकमरीबाट प्रभावित हुने व्यक्तिको सङ्ख्या १० करोड घटेको तर अझै पनि प्रत्येक नौ व्यक्तिमा एक व्यक्ति कुपोषणबाट प्रभावित भएको र यस्ता व्यक्तिको सङ्ख्या यसियामा अधिक रहेको जानकारी संयुक्त राष्ट्र सङ्घले मङ्गलबार दिएको छ ।

संयुक्त राष्ट्र सङ्घको खाद्य संस्थाले सन् १९९० को दशकपछि करिब २० करोड व्यक्ति भोकमरीबाट जोगिएको उल्लेख गरेको छ । यस संस्थाले प्रगति भए पनि विश्वका ८० करोड ५० व्यक्ति अझै भोकमरीबाट प्रभावित भएको उल्लेख गरेको छ ।

भोकमरी कम गर्ने सङ्घर्षलाई मध्यपूर्व तथा अफ्रिकामा द्वन्द्वले मात्र प्रभावित बनाएको नभइ इबोला सङ्कटले पनि प्रभावित बनाएको उल्लेख गरिएको छ । खाद्य तथा कृषि सङ्ठन, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष तथा विश्व खाद्य कार्यक्रमले एक वार्षिक प्रतिवेदनमा सही र तत्कालै पाइला लिन सकिएमा सन् २०१५ सम्म कुपोषणबाट प्रभावित व्यक्तिको सङ्ख्या आधामा झार्ने सहस्राब्दी विकासको लक्ष्य प्राप्त गर्न सकिने उल्लेख गरेका छन् ।

प्रतिवेदनमा ६३ मुलुकले यो लक्ष्य प्राप्त गरेको र छ मुलुक यो लक्ष्य सन् २०१५ सम्म प्राप्त गर्न सक्ने अवस्थामा पुगेको उल्लेख गरिएको छ । यी संस्थाहरूले एक संयुक्त सन्देशमा भोकमरीविरुद्धको युद्ध जित्न सकिने यो प्रमाण भएको र अन्तर्राष्ट्रिय समुदायका आवश्यकता अनुसारको सहयोगका साथ मुलुकहरूलाई अभिप्रेरणा दिनुपर्ने उल्लेख गरेका छन् ।

विश्व खाद्य कार्यक्रमका प्रमुख अर्थरिन कजनले यससम्बन्धी विज्ञप्ति सार्वजनिक गर्दै इराक, सिरिया, दक्षिणी सुडान तथा मध्य अफ्रिकामा सङ्घर्ष तथा गिनी, नाइजेरिया तथा सियरा लियोनमा इबोला सङ्कटले खाद्य सङ्ट सिर्जना गरेको र भोकमरी अन्त्य गर्न यी चुनौती भएको बताए । उनले विरामीले उनीहरूको बाली नकाटेको तथा यसरी बाली नकाट्दा १३ लाख जनता प्रभावित हुने जानकारी दिए ।

विश्वमा खाद्य असुरक्षाको अवस्था (स्टेट आफ फुड इनसिक्युरिटी इन द वल्र्ड) नामक यस प्रतिवेदनमा पूर्वी तथा दक्षिणपूर्वी एसियामा समग्र आर्थिक विकास गर्ने मुलुकहरूमा खाद्यको पहुँचमा द्रुत रूपमा सुधार भएको तर दक्षिण एसिया तथा ल्याटिन अमेरिकामा केही मात्र सुधार भएको उल्लेख गरिएको छ ।

malnutritionसमग्रमा राम्रो प्रगति भए पनि निकै क्षेत्र तथा उपक्षेत्र भोकमरीसँग सङ्घर्ष गरिरहेका र अफ्रिकी उपसहारा क्षेत्रमा चार व्यक्तिमध्ये एकमा नराम्रोसँग कुपोषण देखिएको उल्लेख गरिएको छ । एसियामा भोकमरी प्रभावित व्यक्तिहरूको सङ्ख्या ५२ करोड ६० लाख रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०१५ सम्म कुपोषणबाट प्रभावित व्यक्तिको सङ्ख्या आधामा झार्ने विश्व खाद्य शिखर बैठकको महत्वाकाँक्षी योजनामा २५ मुलुकले मात्र सफलता प्राप्त गरेको देखिएको छ । संयुक्त राष्ट्र सङ्घले यस शिखर बैठकको लक्ष्य प्राप्त गर्ने समय बित्दै गएको जानकारी दिएको छ ।

्धेरै विकासशील मुलुक अझै गरिब व्यक्तिलाई खाद्यमा पहुँच दिन सङ्घर्ष गरिरहेका छन् भने खराब आहाराले कुपोषणविरुद्धको सङ्घर्षलाई प्रभावित बनाएको छ । यसले स्वास्थ्यमा गम्भीर समस्या दिएको छ ।

प्रतिवेदनमा गत दुई दशकमा खाद्यमा पहुँच प्रमुख समस्या नभए पनि तथा समग्र सुधार भएको देखिए पनि कुपोषण, कम तौल तथा पोषणको कमी उच्च सङ्ख्यामा देखिएको उल्लेख गरिएको छ ।

गत तीन दशकमा चीन, इन्डोनेसिया, थाइल्यान्ड तथा भियतनाममा द्रुत अािर्थक विकास भएका कारण भोकमरीसँगको सङ्घर्षलाई सहयोग पुगेको बताइएको छ ।

संयुक्त राष्ट्र सङ्घले भोकमरी हटाउँदा गरिबी निवारण तथा विश्वव्यापी शान्ति तथा स्थिरतामा योगदान पुग्ने भएकाले विश्वका नेताहरूलाई दिगो पारिवारिक कृषिमा लगानी गर्न आग्रह गरेको छ । रासस/एएफपी :
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com