परिवार नियोजन सेवा आजदेखि निःशुल्क I

कञ्चनपुर, ३० भदौ ,

नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुर शाखाले सुरक्षित गर्भपतन र प्रयोगशाला सेवा आजदेखि निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ । 

सरकारले सेप्टेम्बर १८ तारिखलाई राष्ट्रिय परिवार नियोजन दिवस घोषणा गरेको खुसियालीमा भदौ ३० देखि असोज १० गतेसम्म सेवा निःशुल्क गर्ने घोषणा गरेको हो । सरकारले नेपालमा परिवार नियोजन कार्यक्रम सुरु गरिएको दिनलाई राष्ट्रिय दिवस मनाउने घोषणा गरिएको छ । 

परिवार नियोजन सङ्घका शाखा प्रबन्धक शिवराज सिंह बलायरले सङ्घको केन्द्रीय निर्देशनअनुसार दिवसका अवसरमा कार्यालय र मातहतका सबै क्लिनिकबाट निःशुल्क सेवा दिन लागिएको बताए । “भदौ ३० देखि असोज १० गतेसम्म कुनै पनि किसिमको शुल्क लिँदैनौँ सबै निःशुल्क हुन्छ”– उनले भने । 

सङ्घको शाखा कार्यालयबाट सुरक्षित गर्भपतन, प्रयोगशाला र स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्रदान हुँदै आएको छ । यसैगरी मातहतका क्लिनिकमा किशोरकिशोरीको प्रजनन स्वास्थ्यलगायतका परामर्श दिने गरिएका छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com