भर्जिनिया भाद्र ३०,
विजय थापा
आगामि सेप्टेम्वर २१ तारिख अमेरिकाको पेन्सिल्भेनिया राज्यको लान्काष्टरमा हुने भूटानी नेपालीहरुको साँस्कृतिक कार्यक्रममा दुईवटा म्युजिक भिडियो रिलिज हुने भएको छ ।
सो मध्य फूलमाथि शीत गोविन्द गिरी प्रेरणाको शव्द, शक्ति वल्लवको संगीत तथा स्वरूपराज आचार्यको स्वर रहेको छ । अनिश थापाले निर्देशन तथा सम्पादन गर्नु भएको यस म्युजिक भिडियोमा अनिश थापा र सविना गुरूङ्ग मोडेल रहेका छन् ।
दोश्रो म्युजिक भिडियोका गायक तथा संगीतकार नरेन्द्र प्यासी हुन् भने मोडल सोमु मगर तथा रोशन अधिकारी रहेका छन् । यसको छायाङ्कन, सम्पादन तथा निर्देशन अनिश थापाको रहेको छ ।