चितवन आश्विन २,
चितवन र छिमेकी जिल्लामा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ । आँखा रातो हुने र बिझाउने समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको भरतपुर आँखा अस्पतालका प्रबन्धक तुलसी पराजुलीले बताए ।
दैनिक ३५० देखि ४०० सम्म बहिरङ्ग सेवामा बिरामी आउने गरेकामा पछिल्लो साता यो सङ्ख्या बढेर ५०० को हाराहारी पुगेको उनले बताए । अस्पताल आउने बिरामीमध्ये ३० प्रतिशत आँखा पाकेका बिरामी रहेका छन् ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. कमलबहादुर खड्काले ब्याक्टेरियाका लागि अनुकूल मौसम भएकाले रोग फैलिएको बताए । हावाबाट नभएर सङ्क्रमितको लसपसबाट मात्र रोग एक अर्कामा सर्ने डा खडकाले बताए । कतिपयको आँखाको नानी समेत रातो हुने समस्या छ भने कतिपयको सेतो भागमा मात्र समस्या देखिएको छ । रासस: