नोभेम्बरदेखि नवजात शिशुलाई निमोनियाविरुद्धको महँगो खोप निःशुल्क I

काठमाडौ आश्विन २,

सरकारले आगामी नोभेम्बरदेखि नवजात शिशुलाई निमोनियाविरुद्धको महँगो खोप निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । महँगो भएकै कारण उच्च तथा मध्यम वर्गले मात्र निजी अस्पताल र क्लिनिकमा गएर शिशुलाई लगाउँदै आएका छन् ।

सरकारले आगामी एक वर्षभित्र तीन पटक दिने गरी खोप ल्याउन लागेको हो । निजी संस्थाले एक पटक खोप लगाएको ६ हजारभन्दा बढी लिँदै आएका छन् । निमोनिया गराउनेमध्ये धेरै प्रकारको भाइरसबाट बचाउने भएकाले खोप ल्याउन लागिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखा प्रमुख डा. श्यामराज उप्रेतीले जानकारी दिए । यसअघि सरकारले दादुरा र रुवेलाबाट हुने निमोनिया नियन्त्रणका लागि खोप दिँदै आएको थियो ।

ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को आर्थिक सहयोगमा भ्याक्सिन ल्याउन लागिएको हो । प्रतिभ्याक्सिन ४ डलरमा खरिद गर्न लागिएको भ्याक्सिनको सरकारले २० सेन्ट मात्र बेहोर्ने सम्झौता भएको छ । पाँच वर्षे सम्झौताअनुसार भ्याक्सिन पहिला पटक पश्चिम नेपालबाट खुवाउन सुरु गरिनेछ । एक वर्षमुनिका सबै बालबालिकालाई भ्याक्सिन लगाउने कार्यक्रम छ । राजधानीबाट:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com