इजरायलमा ‘कोहिनुर’ प्रदर्शन हुँदै, श्रीको श्रद्धान्जली सभा पनि गरिने I

तेल अभिव १८ भदौ ,

अल्पायुमै नेपाली दर्शकलाई छाडेर गएका नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनूर’ इजरायलमा प्रदर्शन हुने भएको छ । नेपालमा चौँथो हप्तामा पनि करोडौँको व्यापार गरिरहेको यस चलचित्रको इजरायल रिलिज मिति १४ नोभेम्बर, २०१४ (शुक्रवार) तोकिएको छ । 

हल भने तय हुन बाँकी छ । चलचित्र प्रदर्शन अगाडी एक सभा गरी श्रीकृष्णलाई श्रद्दाञ्जली दिईने बताईएको छ । स्व. नायक श्रेष्ठले नै ‘ड्रिम प्रोजेक्ट’ को रुपमा लिएर निर्माण गरेको यो चलचित्र उनि आँफैले हेर्न नपाई निधन भएको थियो । श्रेष्ठको निधन पश्चात उनको अन्तिम फिल्म हेर्न हलहरूमा दर्शकहरूको भीड बढिरहेको छ । आकाश अधिकारीले निर्देशन गरेको चलचित्र ‘कोहिनूर’ मा श्रीकृष्ण र पत्नी स्वेता खड्काले लगानी गरेका हुन् । फिल्म रिलिज हुनु अघिदेखि नै गम्भीर विरामी परेका श्रीकृष्णले भारतबाट अडियो सन्देश पठाउँदै आफू छिट्टै दर्शकसँगै बसेर फिल्म हेर्न आउने वाचा गरे पनि उनी फिल्म रिलिजको भोलीपल्ट सदाका लागि विदा भए । 

कोहीनूरमा श्वेताले मुम्बईमा बेचिएकी नेपाली चेलीको भूमिका निर्वाह गरेकी छिन् । श्रीकृष्णले उनलाई मुम्बईको कोठीबाट उद्धार गर्न गरेको प्रयासलाई चलचित्रको मुख्य विषय बनाइएको छ । मुम्बईको कोठीमा जीवन चलाउन विवश नेपाली युवतीको कथामा आधारित यो चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, मिथिला शर्मा, सम्राट सापकोटा आदि कलाकारहरूले अभिनय गरेका छन् । चेलिबेटी बेचबिखनको कथामा चलचित्र बनाउने आफ्नो सपना रहेको बताउने श्रीले चलचित्र दिएर विदा भए । श्रीको देहान्तसँगै भावबिह्वल स्वेता अझै पनि सम्हालिने अवस्थामा छैनन् । 

भर्खरै कोहिनुर हेर्न हल पुगेकी स्वेता चलचित्रका सबै दृश्यमा भक्कानिँदै रोएकी थिइन् । श्रीको सम्मान र स्वेताको आत्मविश्वास बढाउन चलचित्र हेर्न हल पुगेका दर्शकको भिड अझै साम्य भएको छैन । ओवरसिजमा पनि उत्तिकै माग रहेको कोहिनुर इजरायलमा चल्ने भएको हो । स्व. श्रीकृष्णको सम्मान र पत्नी स्वेताको हौसला बढाउन इजरायलवासी सबै नेपाली कोहिनुर हेर्न जाने बिश्वास लिईएको छ । १४ नोभेम्बर, २०१४ (शुक्रवार) को इजरायलमा रहेका नेपाली संघसंस्था तथा सम्पूर्ण नेपालीलाई अन्य कुनै कार्यक्रम नराखी श्रीकृष्णको श्रद्दाञ्जली सभामा सरिक हुँदै चलचित्र हेर्न आग्रह गरिएको छ ।एनपी न्युज बाट :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com