सुत्केरीको मृत्यु भएपछी त्रिवि शिक्षण अस्पताल तोडफोड I

काठमाडौं भदौ ३१,

सुत्केरीको मृत्युको विषयलाई लिएर मृतकका आफन्तले आज महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल तोडफोड गरेका छन् ।

बनस्थली ढुंगेधारा बस्ने कास्कीको पोखरा १५ की २४ वर्षीया धरना तामाङको उपचारका क्रममा मृत्यु भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका हुन् । तोडफोडबाट अस्पतालको डायलोसिस भवनको तेस्रो तलामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले चिकित्सकको लापरवाहीबाट सुत्केरीको ज्यान गएकाले दोषीलाई कारवाहीको माग गरेका छन् । अस्पतालले भने महिलाको मिर्गौला फेल भएर मृत्यु भएको बताएको छ । गत भदौ १५ गते शल्यक्रिया गरिएकी तामाङको उपचारका क्रममा सोमबार राती साढे १० बजे मृत्यु भएको थियो ।by, health news:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com