गजल : By, कबिराज मगर
तिम्रो मान्छे हुन्छु भन्थे हुन पाईन सानु
तिमी रुँदा रुन्छु भन्थे रुन पाईन सानु ।।
तिम्रो खुशि मेरो दु:ख आधा बनाएर
मनको पीडा धुन्छु भन्थे धुन पाईन सानु ।।
तिम्रो मेरो मायाको नौलो यात्रा सँगै
सारा शिखर छुन्छु भन्थे छुन पाईन सानु ।।
बिछोडियो माया हाम्रो समधुर नभई
मनको कुरा भन्छु भन्थे भन्नु पाईन सानु ।।
कबिराज मगर
दिप्लुङ १ खोटाङ