नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर दोस्रो साता बाट I

 काठमान्डू भाद्र १६,

नेपाली काँग्रेस निकट नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १३–१५ गते हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी महाधिवेशनको कार्यतालिकाको घोषणा गर्दै यस पटकको महाधिवेशनमा समावेशिता तथा क्षेत्रीयता कायम गर्दै विगतभन्दा पृथक हुने समेत जानकारी दिएको छ ।

महाधिवेशनमा महिलाको सहभागितालाई वृद्धि गर्दै केन्द्रीय नेतृत्वमा आरक्षित प्रतिनिधित्वबाट ल्याइने सङ्घको भनाइ छ । महाधिवेशनमा गाउँ, नगर समिति, क्षेत्रीय, जिल्ला हुँदै केन्द्रीय कार्यसमितिको समेत प्रतिनिधित्वबाट करिब दुई हजार दुई सयभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा देशैभरि अभिमुखीकरण र वैचारिक बहससमेत सुरु गरिएको छ । सङ्घकी अध्यक्ष डा. डिला सङ्ग्रौलाले महिला सङ्घको ६८ औँ वर्षको लामो इतिहासमा विभिन्न उतारचढाव आए पनि तेस्रो महाधिवेशन भने एकताको महाधिवेशन हुने दाबी गर्नुभयो । महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चुस्त बनाउने उहाँको भनाइ छ । by, nepalbritain :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com