कार्यक्रम टफ-टक : Rookmangad Katawal in TOUGH talk with Dil Bhusan Pathak - 113


आजको जबर्जस्त अन्तर्वार्ता ........... ‘जनरल नेभर रिटायर्स’ सैनिक अधिकारीहरुले भन्ने गरे झैं नेपाली सेनाका पूर्व प्रधान सेनापति रुकमाङ्गद कटवालले पनि आफू रिटायर्ड भएको छनक दिएका छैनन् ।

 कटवाल कहिले माओवादी लडाकुको सेनामा समायोजन, कहिले हिन्दुराज्य त कहिले राजसंस्था त कहिले चर्को राजनीतिक टिप्मणीका कारण बिबादमा परिरहनु हुन्छ । खरो बोल्ने र कडा मिजासका कटवालले पछिल्लो समय आफ्नो आत्मकथा मार्फत आफ्नै कारण देशमा अधिनायकवाद नआएको र नेपाली सेना बचाएको दावी गर्नुभएको छ । उहाँका सहकर्मी तथा राजनीतिक उच्च तहका केही नेताहरुले उहाँको पुस्तकवारे प्रतिक्रिया दिइसकेका छन ।

 आत्मकथामा अक्सर आफूलाई नै केन्द्रविन्दुमा राखेर लेखिने हुनाले लेखक स्वयं नायककै रुपमा प्रस्तुत हुने गर्छन । आत्मकथामा लेखक इमान्दार नबन्दा उनीहरुका दुर्वल पक्ष कमै मात्र आउंछन् । उहाँको आत्मकथामा के कति सत्य वा बढाई चढाई गरिएको छ ? म आज उहाँकै मुखबाट यहाँहरुलाई सुनाउन चाहन्छु । आउनुहोस स्वागत गरौं आजका मेरा अतिथि पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाललाई ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com