गजल : By, मानन्धर अभागी
काँडा जस्तो मेरो मन कहाँ पो छ र
तिम्रो जस्तो वचपन कहाँ पो छ र
तिम्लाई हारको माला मैले कहाँबाट ल्याउने
मसँग अपार त्यो धन कहाँ पो छ र
अर्काले पर्खाल चढ्यो भन्दै तिमी धुरी चढ्ने
तिम्रो जस्तो त्यो जलन कहाँ पो छ र
दुर्गन्ध तिम्रो व्यवहार मैला रैछ विचार
म मा जस्तो त्यो कञ्चन कहाँ पो छ र
लाश भएर कफन ओढी सकेको व्यक्ति
अब त्यो मेरो चयन कहाँ पो छ र ।
मानन्धर अभागी