काठमाडौं भाद्र २५,
दसैंतिहारको बस व्यवसायी महासंघले भदौं २५ गतेदेखि लामो दूरीका लागि बसको अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ। महासंघले राजधानीको कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, स्वयम्भू, गौशाला, जोरपाटी, सातदोबाटो र सुनधारामा अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो।
बुकिङ खुल्ला भएपछि दसैं तिहारका लागि काठमाडौंबाट बाहिर जाने यात्रुहरु अग्रिम टिकटका लागि बिहानैदेखि राजधानीको कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, स्वयम्भू, गौशाला, जोरपाटी, सातदोबाटो र सुनधारामा लाम लागेका छन्। सरकारले भने यातायात व्यवस्था विभाग, प्रहरी र ट्राफिक प्रहरीलाई सहयोगी भूमिका निर्वाह गर्न जिम्मेबारी दिएको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक काशिराज दाहालका अनुसार सरकारले यात्रुको सुविधाका लागि राजधानी र उपत्यकाबाहिर यात्रु सहायता कक्ष स्थापना गरेको छ।जसअनुसार आजदेखि कात्तिक १५ सम्मका लागि राजधानीको कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, स्वयम्भू, गौशाला, जोरपाटी, सातदोबाटो र सुनधारामा, उपत्यकाबाहिर काँकडभिट्टा, इटहरी, लहान, ढल्केबर, पथलैया, अत्तरिया, कञ्चनपुर, कोहलपुर, लमही, बुटवल, भरतपुर र पोखरामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
सरकारले टिकट काट्ने काउन्टरमा खटिने कर्मचारीले पहिचान खुल्ने गरी अनिवार्य रूपमा परिचयपत्र लगाउनुपर्ने व्यवस्था गरेको छ। सक्कली परिचयपत्र हेरेर मात्रै बसको टिकट काट्न सरकारले सर्वसाधारणसँग आग्रह गरेको छ।
६ सय नयाँ बस थपिँदै
आसन्न चाडपर्वलाई लक्षित गरी यातायात व्यवसायीले लामो दूरीमा ६ सय नयाँ बस थप्ने तयारी गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैं, तिहार र छठ पर्वमा अधिकांश सर्वसाधारण गृहजिल्ला जाने भएकाले यात्रु चापका आधारमा ठूला र मिनी बस थप्ने तयारी गरेको हो। नयाँ बस असोज १ गतेदेखि राजधानीबाट मुलुकका विभिन्न स्थानमा सञ्चालनमा ल्याइने महासंघले जानकारी दिएको छ।
महासंघका महासचिव डोलनाथ खनालले मुलुक संविधान निर्माणतर्फ उन्मुख भएकाले चाडपर्वको समयमा गाउँ जाने यात्रुको संख्या यसपटक विगतका वर्षको तुलनामा निकै बढी हुने अनुमान गरिएको बताए। 'दसैंको समयमा दैनिक
एक लाखभन्दा बढीको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने भएकाले हाल सञ्चालित बसले यात्रु चाप थेग्न सक्ने अवस्था छैन', महासचिव खनालले भने, 'त्यसैले करिब दुई अर्ब रुपैयाँ लगानी गरेर नयाँ बस थप्न लागेका छौं।' सामान्य दिनमा दैनिक ६ सय बसबाट ४५ हजार यात्रु बाहिरिने गरेका छन्।
अन्नपूर्णबाट राजेश बर्मा : बुकिङ खुल्ला भएपछि दसैं तिहारका लागि काठमाडौंबाट बाहिर जाने यात्रुहरु अग्रिम टिकटका लागि बिहानैदेखि राजधानीको कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, स्वयम्भू, गौशाला, जोरपाटी, सातदोबाटो र सुनधारामा लाम लागेका छन्। सरकारले भने यातायात व्यवस्था विभाग, प्रहरी र ट्राफिक प्रहरीलाई सहयोगी भूमिका निर्वाह गर्न जिम्मेबारी दिएको छ।