गीत: मेरो कोही रहेछ भने:
कुन विन्तीमा मायालाई बसाउनु,
कून मूर्तिमा तिमीलाई रिझाउनु।
मनको मेरै खुशीमा जीउन पाँए,
भावनाको त्यो पोखरीमा तरी दिन्थे,
प्रेमको दुवैं पखेटामा उडन सकें,
विहानको कोसेली बटुली ल्याई दिन्थे।
कस्तरी यो आँशु पोखिन्छ मेरो,
मनमा लागेका चोटहरू बिसाउदैं।
त्यस्तरी यो मुटु कल्पिन्छ मेरो,
मनमा रहेका भूलहरू सच्याउँदै।
मैले देखेका सपनाको अर्थ खोले,
तिम्रो मनमा मेरो माया राखिदिन्थे।
मैले बोलेका यथार्थ बुझन सके,
आफ्नो पनमा मेरो संसार देखाईदिन्थे।