गजल By, मानन्धर अभागी

 
गजल By,  मानन्धर अभागी

जिन्दगीमा आजकाल किन होला सुनसान छ
आज आफ्नै सरकार किन होला वेइमान छ

प्रमाणपत्र यो हातमा कोही छैन मेरो साथमा
जागिरको त्यो खोजीमा सँधैसँधै हैरान छ

हामीकहाँ काम छैन भन मात्र तयार छ
 खाडीलाई जरुरी परे म जस्तो जवान छ

हाम्रो आफ्नो यो देशको सरकार गलत छ
कागजमा मात्र लेख्यो जहाँ त्यो संविधान छ

समय त्यो लम्ब्याउने भित्रभित्रै चालवाजी
मेरो कुरा झुठ्ठा भए साक्षी यो भगवान् छ ।

 मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com