इजरायलमा एकता समाज I

तेल अभिव आश्विन ५,

बैदेशिक रोजगारको सिलसिलामा इज़रायलमा कार्यरत नेपालीहरु द्वारा ‘इजरायल नेपाली एकता समाज’ केन्द्रीय सङ्गठन समिति नामक आफ्नो साझा घर निर्माण गरेका छन् ।

हरितालिका तीज–२०७१ को अघिल्लो दिन ११ भाद्रमा अर्थात् २७ अगस्त २०१४ मा एक भेला भै उनीहरूले सो साझा घर रूपी सङ्गठन निर्माण गरेका हुन् । भेलाले समितिको अध्यक्षमा गजलकार कल्पना पौडेल ‘जिज्ञासु’लाई चयन गरेको छ ।

तथा सात सदस्यीय सो समितिको उपाध्यक्ष मोहन वस्नेत, सचिव भरत के.सी. सहसचिव मीना ज्ञवाली र कोषाध्यक्ष शान्ति सापकोटा रहनुभएको छ । समितिका सदस्यहरूमा पदम के.सी. र वीरबहादुर गोतामे रहनुभएको छ । भेलाले समितिको सल्लाहकारमा दिपक के.सी. र बोदीराम खत्रीलाई चयन गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com