गज़ल By, कोमल भट्ट


कोमल गज़ल . . .

टाठो बाठो मान्छे यहाँ,जता ततै ठालु हुन्छ
काम गर्छ कालु सधैं,मकै खाने भालु हुन्छ ll

आलु खाँदै पेडाको धाक,लगाएर बस्छन् कति
वास्तविकता खोतले त्यो,पेडा नभै आलु हुन्छ ll

मिठो बोली बोले पनि,भित्र छुरा बोक्छन् धेरै
मौका पर्दा डोरी बाट्छन्,बगली मै नालु हुन्छ ll

नपत्याउने खोलाले'नि,बगाउँछ कहिले काँही
असमर्थ ठान्या व्यक्ति,कुनै बेला चालु हुन्छ ll

मुकुण्डोले छोपे पछि,मुहारलाई चिन्छ कसले ?
बाहिरबाट सुन्दर देख्यो,भित्र भने तालु हुन्छ ll

कोमल भट्ट
 पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com