कविता "विदेसी दलालको नोकर भएर "
" पहाडको डरलाग्दो कुनाले,
जिस्काईरहेको त्यो,
दृश्यलाई एकहोरो निहाल्छु,
अनि,
टाढै देखि छर्लंग देखिने ,
हिमश्रिङ्खलाहरु ,
आउनेजाने र चिपलेटि खेल्दै ,
रमाउनेको मनोरन्जनात्मक,,
पिकनिक र युवल जोडीको,
बिच्छ्यौना साधन बन्नुको घर्षण ,
सायद तातो रापले पोलेर होला ,
मैनवत्ति जस्तै विस्तारै गल्दै,
बनोटमा कुरुपता हुदै गएको ,
सौन्दर्य हिँऊलाई विचार्छु ,
अँहो,
कस्तो फरक !
डरलाग्दा चेपाबाट झरेका झरनाले ,
प्रेममा विलिन हुदै मस्त हुने,
एकार्कालाई सर्वांग बनाउदै
तिनै कुना काप्चाले ,
र रुख विरुवाले ,
नंग्याई रहन्छ लाजलाई छोपी
जन्मदा नांगिए झैँ,
मस्त प्रेमको अंगालोमा,
सर्वांग हुँदा पनि ,
कत्ति लाज नमानी ,
उ ठुलो आवाजले पो ,
चिच्याई रहन्छ लाग्छ
लाजलाई छोप्न सहायता गर्दैछ
झर्रझर्र गदै अनि चोसो हँवाको ,
सुन्दर पलको अनुभूतिमा ,
हराउछन दुवै ,
एक अर्काको अंगालोमा,
विलाउछ्न त्यो पल,
आउने जानेको वास्ता नगरी,
प्रेमको तृष्णा मेटाउदै,...
अनि ऊ........,
मस्की रहन्छ..!
झिमिक्क आँखा नपारी,
रफ्तारमा आफ्नो खुशी ,
जता मन लाग्यो बाटो बनाउदै ,
रत्ति भर कसैको ख्यालै नगरी,
न दया राख्छ न माया ,
अनकन्टार केहि नदेखिने,
तल आफ्नै गति लिदै
कलकल गर्दै सुरिलो आवाजमा
लोभ्याछ जाउँ जाउँ लाग्ने गरि ,
माथि वाट हेर्दा सुन्दर देखिने
लोभ लाग्दो त्यो दृश्य
कस्तो डर लाग्दो ,
भयानक तर सुन्दर ...
न तिर्खा मेटाउछ ,न रमाउँन नै...
मात्र ,
तड्पाई तड्पाई..
खोल्सोमा आफु तिर
आकर्षित गर्दछ आऊ भन्दै ,
तर प्यासिएर जानेलाई ,
अँगाल्छ छातीमा उर्लिएर
कहिले नफर्किने गरि ,
लान्छ बगाउदै आफै संग
हाड़ छाला नभेटिने गरि,!
अर्को पट्टि ,
टलक्कै टल्किने ,
चाँदीका सेता हिमाल ,
बुँद आँशु झरे झैँ ,
तातो राप सहनुको पिडाले
पग्ली रहेछिन तपतप !
र पनि आउने जानेको प्यास मेटाउछिन् ,
चिसो हाँवाको आभाष गराउदै,
जसरी ,
एक थाकिन सुत्केरी आमा ,
गाई बस्तु र घाँसपातले,
कम्बरमा पटुकी कसेर ,
खुईखुई गदै ,
डोका बिसाउछिन् र ,
रोई रहेको बालकलाई,
काखमा लिदै,
फत्रक्क गलेर पसिनाले भिजेका ,
निधार आँचलको टुप्पाले पुछ्दै ,
काखको बालकलाई दिनभरिको भोकले ,
हुरुक्क भएर प्यासिदा ,
जुरुक्क काखमा लिदै अंकमाल गरि ,
आफ्नो स्तन चुसाउछिन,
र बर्बर आँशु झार्दै खुई खुई गर्दै ,
प्यासले प्याक प्याक हुदाँ पनि ,
आनन्दको अनुभूति गर्दछिन ,!
तर पनि ,
छाती भित्रका खातका खात ,
पीडालाई पचाउदै ,
आफै गल्छिन ,
बिस्तारै मैन वत्ति झैँ,
हो,
आजको मानब समाज ,
विश्व साँगुरिएर आँगन त भयो ,
आमाको स्नेह जस्ताको त्यस्तै छ,
तर सन्तानको कुविचारले
परिवर्तनको नाममा ,
आफ्नै संस्कार र धर्मलाई ,
कुल्चिएर बढाएका पाइलाहरुले ,
आमाको अस्तित्वलाई बेचिदा ,
दुधको साइनोलाई
पैसाको बिटोमा तौलिदा,
किन नरोउन लेख र वेशी ?
किन नगलुन हिम्सिंख्रालाहरु,
किन नजिसकाउँन त् ?
ति कप्चाका झरनाले..
आफ्नो अस्तित्वको ,
रतिभर ख्याल नै नगरी ,
आफ्नै जननी र आमालाई ,
टुक्रा टुक्रा पर्दै मुटु टुक्रयाउदा,
अनि डर र त्रासमा पिल्सिदै ,
अशिक्षा र भोका पेटहरुले
नाच्द्छ्न जता नचायो त्यतै,
छमछम,नर्त्यकीले नाचे झैँ ,
पैसाको बिडो हातमा पाउदा,
उनीहरुको पेवा झैँ ,
जान्छन जता पठायो त्यतै,
गर्छन जे भन्छन त्यही ,
कुद्छन राँगो कुदे झैँ ,
कुट्छन ड्याम ड्याम आफ्नै ,
धर्म र संस्कारलाई ,,
क्षण भर आनन्दको लागी,
पैसाको बिटोमा आफुलाई लौलिदै ,
पशु जस्तै व्यवहार गरि ,
फर्कन्छ लुतुक्क शिर निहुराई
चुनाउमा हारेर फर्केका नेता जस्तै ,
बिदेशी दलालको नोकर भएर !
निशा खनाल अर्याल
इजरायल