कविता : By, निशा खनाल अर्याल


कविता "विदेसी दलालको नोकर भएर "

" पहाडको डरलाग्दो कुनाले,
जिस्काईरहेको त्यो,
दृश्यलाई एकहोरो निहाल्छु,
अनि,
टाढै देखि छर्लंग देखिने ,
हिमश्रिङ्खलाहरु ,
आउनेजाने र चिपलेटि खेल्दै ,
रमाउनेको मनोरन्जनात्मक,,
पिकनिक र युवल जोडीको,
बिच्छ्यौना साधन बन्नुको घर्षण ,
सायद तातो रापले पोलेर होला ,
मैनवत्ति जस्तै विस्तारै गल्दै,
बनोटमा कुरुपता हुदै गएको ,
सौन्दर्य हिँऊलाई विचार्छु ,
अँहो,
कस्तो फरक !
 डरलाग्दा चेपाबाट झरेका झरनाले ,
प्रेममा विलिन हुदै मस्त हुने,
 एकार्कालाई सर्वांग बनाउदै
तिनै कुना काप्चाले ,
र रुख विरुवाले ,
नंग्याई रहन्छ लाजलाई छोपी
जन्मदा नांगिए झैँ,
मस्त प्रेमको अंगालोमा,
सर्वांग हुँदा पनि ,
कत्ति लाज नमानी ,
उ ठुलो आवाजले पो ,
चिच्याई रहन्छ लाग्छ
लाजलाई छोप्न सहायता गर्दैछ
झर्रझर्र गदै अनि चोसो हँवाको ,
सुन्दर पलको अनुभूतिमा ,
हराउछन दुवै ,
एक अर्काको अंगालोमा,
विलाउछ्न त्यो पल,
आउने जानेको वास्ता नगरी,
प्रेमको तृष्णा मेटाउदै,...
अनि ऊ........,
 मस्की रहन्छ..!

झिमिक्क आँखा नपारी,
रफ्तारमा आफ्नो खुशी ,
जता मन लाग्यो बाटो बनाउदै ,
रत्ति भर कसैको ख्यालै नगरी,
न दया राख्छ न माया ,
अनकन्टार केहि नदेखिने,
तल आफ्नै गति लिदै
कलकल गर्दै सुरिलो आवाजमा
 लोभ्याछ जाउँ जाउँ लाग्ने गरि ,
माथि वाट हेर्दा सुन्दर देखिने
लोभ लाग्दो त्यो दृश्य
कस्तो डर लाग्दो ,
भयानक तर सुन्दर ...
न तिर्खा मेटाउछ ,न रमाउँन नै...
मात्र ,
तड्पाई तड्पाई..
खोल्सोमा आफु तिर
आकर्षित गर्दछ आऊ भन्दै ,
तर प्यासिएर जानेलाई ,
अँगाल्छ छातीमा उर्लिएर
कहिले नफर्किने गरि ,
लान्छ बगाउदै आफै संग

 हाड़ छाला नभेटिने गरि,!
अर्को पट्टि , 

टलक्कै टल्किने , 
चाँदीका सेता हिमाल , 
बुँद आँशु झरे झैँ , 
तातो राप सहनुको पिडाले 
 पग्ली रहेछिन तपतप ! 
र पनि आउने जानेको प्यास मेटाउछिन् ,
 चिसो हाँवाको आभाष गराउदै, 
जसरी , 
एक थाकिन सुत्केरी आमा , 
गाई बस्तु र घाँसपातले, 
कम्बरमा पटुकी कसेर , 
खुईखुई गदै , 
डोका बिसाउछिन् र ,
 रोई रहेको बालकलाई, 
काखमा लिदै, 
फत्रक्क गलेर पसिनाले भिजेका , 
निधार आँचलको टुप्पाले पुछ्दै , 
काखको बालकलाई दिनभरिको भोकले , 
हुरुक्क भएर प्यासिदा ,
 जुरुक्क काखमा लिदै अंकमाल गरि , 
आफ्नो स्तन चुसाउछिन, 
र बर्बर आँशु झार्दै खुई खुई गर्दै , 
प्यासले प्याक प्याक हुदाँ पनि ,
 आनन्दको अनुभूति गर्दछिन ,! 
तर पनि , 
छाती भित्रका खातका खात , 
पीडालाई पचाउदै , 
आफै गल्छिन , 
बिस्तारै मैन वत्ति झैँ, 
हो, 
आजको मानब समाज , 
विश्व साँगुरिएर आँगन त भयो , 
आमाको स्नेह जस्ताको त्यस्तै छ, 
तर सन्तानको कुविचारले 
 परिवर्तनको नाममा , 
आफ्नै संस्कार र धर्मलाई , 
कुल्चिएर बढाएका पाइलाहरुले , 
 आमाको अस्तित्वलाई बेचिदा , 
दुधको साइनोलाई 
पैसाको बिटोमा तौलिदा, 
किन नरोउन लेख र वेशी ?
 किन नगलुन हिम्सिंख्रालाहरु, 
किन नजिसकाउँन त् ? 
ति कप्चाका झरनाले.. 
आफ्नो अस्तित्वको , 
रतिभर ख्याल नै नगरी , 
आफ्नै जननी र आमालाई ,
 टुक्रा टुक्रा पर्दै मुटु टुक्रयाउदा, 
अनि डर र त्रासमा पिल्सिदै , 
अशिक्षा र भोका पेटहरुले
 नाच्द्छ्न जता नचायो त्यतै, 
छमछम,नर्त्यकीले नाचे झैँ , 
पैसाको बिडो हातमा पाउदा, 
उनीहरुको पेवा झैँ , 
जान्छन जता पठायो त्यतै, 
गर्छन जे भन्छन त्यही , 
कुद्छन राँगो कुदे झैँ , 
कुट्छन ड्याम ड्याम आफ्नै ,
 धर्म र संस्कारलाई ,, 
क्षण भर आनन्दको लागी, 
पैसाको बिटोमा आफुलाई लौलिदै , 
पशु जस्तै व्यवहार गरि , 
फर्कन्छ लुतुक्क शिर निहुराई 
चुनाउमा हारेर फर्केका नेता जस्तै , 
बिदेशी दलालको नोकर भएर !

निशा खनाल अर्याल

 इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com