चितवन, ७ असोज,
नेसनल सिटी हस्पिटल नारायणगढमा चिकित्सकको लापरबाहीबाट आज एक बिरामीको मृत्यु भएको भन्दै आफन्तले हस्पिटलमा तोडफोड गरेका छन् ।
पाठेघरको शल्यक्रियाका लागि तीन दिनअघि अस्पतालमा भर्ना भएकी पटिहानी गाविस –२ की ३८ वर्षीया सीता थापाको मृत्यु भएको थियो । तोडफोडका क्रममा अस्पतालको प्याथोलोजी र आकस्मिक कक्षमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
तोडफोडलाई नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारीसँगको झडपमा प्रहरी निरीक्षक राजकुमार थिङ र सहायक निरीक्षक हरिमान शाक्य सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए । तोडफोडमा संलग्न भएको भन्दै चार जनालाई नियन्त्रणमा लिइएको छ । रासस: