गजल By, मानन्धर अभागी
मैले अब मठ मन्दिर धाउन छाडी सकें
भगवान खुशी पारी रमाउन छाडी सकें
जस्को पाउ पर्दा पर्दा निधार नै खुम्ची सक्यो
धुपवत्ती आरती गरी जगाउन छाडी सकें
आफू चाहीं भोकभोकै नभाको पैसा खर्च गरी
सँधैसँधै त्यो नैवेद्द चढाउन छाडी सकें जति
आफ्नो सम्झेपनि पराय ठानिन्छ भने
साक्षात त्यो भगवान भनाउन छाडी सकें
कति ढोग्नु कति पुज्नु समय मात्र वर्वाद
ढुङ्गा त्यो मूर्तिलाई सजाउन छाडी सकें ।
मानन्धर अभागी