गज़ल : By कोमल भट्ट


गज़ल : By कोमल भट्ट

कुनै जिन्दगीमा,सयौं छन् दुखेसा
कुनै मस्तमा छन्,हुँदा उच्च पेशा

कसैको पसीना,गएको छ व्यर्थै
कसैले बृथामै,मिलाए अडेसा

कतै आँसु झर्दा,कतै हुन्छ हाँसो
कतै झुम्छ आँगन,रुँदै छन् करेसा

न पाइन्छ देख्नै,सिधा शुद्ध मान्छे
 न ता सत्य बाटो,न हुन्छन् कुलेँसा

जता पाक्छ काफल,उतै उड्छ पन्छी य
ही रीत हाम्रो भयो लौ हमेसा

(६ अक्षरमा विश्राम )
भुजङ्गप्रयात छन्द
। ऽ ऽ । ऽऽ । ऽ ऽ । ऽ ऽ
कोमल भट्ट
(komalpbhatta@yahoo.com)
पुरानो नैकाप,काठमाडौँ
हाल :- न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com