कविता By, श्रीभक्त पौडेल ¨आफन्त¨
''मनाऊ म दशै कसरी '' ?
देशको अस्मिता लुटिएको बेला
लाखौं युवा बिदेशिएका बेला
स्वाधिनता र स्वाभिमान दिल्ली लुकेको बेला
ब्वासाहरुले सिङो राष्ट्र खोक्राइरहेका बेला
मनाऊ म दशै कसरी ?
एक जुनीमा एक पटक भन्थे
के देख्न परेको आज?
४ बर्षमा दोश्रो पटक
देशमा सन्त्रास छाएको बेला
मनाऊ म दशै कसरी ?
आँफै बोक्सी आँफै धामी
राष्ट्रिय नौटन्की मन्चन भैरहेको बेला
साउदी र कतार बाट के सुन्न पर्ने हो ?
लाखौं आमाको छाती चर्किएको बेला
मनाऊ म दशै कसरी ?
लिङे र पिर्के पिङ्को बलो तेर्साउने साझमा
आगनमा बन्दुकका सङिन र बुट बजारिएका बेला
मकै र जौ का जमरा राख्ने कुनामा
बारुद र गोली भेटिएका बेला
मनाऊ म दशै कसरी ?
एक मुठि नुन र एक किलो चामल अभाब यहाँ
एक धरो लुगा होइन रङिन झन्डाहरुको प्रभाब यहाँ
भुटुन र टुकिको लागि एक थोपा तेल अभाब भएको बेला
बत्ती मुनिको अध्यारो,सर्बहाराहरु महलमा लुकेको बेला
मनाऊ म दशै कसरी ?
घोर्ले खसी त अब हामीले नसोचे हुन्छ यहाँ
सानो फर्सी र अलिकती मसला अभाब यहाँ
हाम्रो पहिचान ¨हिन्दू राष्ट्र¨ मेटिरहेका बेला
नेपालीहरुकै महान पर्ब दशै मनाऊ कसरी?
मनाऊ म दशै कसरी ?
श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन
हाल स्पेन