मेरो गाउँ घर बदलिएछ ।

आÏनो सन्तानहरु कोही बिदेस नजाउन् आफूले नखाइनखाइ जोडेको पाखोबारीहरु नै हरियाली बनाउन््,रुखो खेतहरु आवादी बनाउन् । बाबाले सोच्ने कुरा यहि हो,यस्तै चाहनु हुन्छ । तर समय स“गै समाज बद्लिएको छ । समाज नै बद्लिए पछि त्यही“ समाजमा बस्ने म कसरी अछूतो रहन सक्छु र ? त्यो त बाबाको भन्ने कुरा न हो भन्दै म पनि बिदेसतिर हानिए“ । 

धेरै लामो समय पछि हिजो घरमा फोन गरें । फोन त गर्न नसकेको मान्छे मैले घरमा पैसा पठाउने कुरै भएन । त्यसैले पहिले नै बार लगाउने विचारले मैले पैसाकै कुरा गरें । बाबा,अहिले त पहिलेको जस्तो ओभर टाइम पनि छैन । त्यसैले पैसा पनि त्यति बचत हुदैन । अलिकति पैसा बुहारीलाई पठाई दिए“ । मात्र के भनेको थिए“ बाबाले त सातो उडाई दिनु भयो  । बिदेस जानु पर्दैन भन्दा पनि घरमा सुनकै छानो लगाउला झैं गरेर गइस् । अहिले पैसा छैन भन्न लाज लान्दैन ? विदेसमा पैसा कमाउन कस्तो हुँदो रहेछ भनेर त थाहा पाइस् होला नि । 

दुई पैसा कमाएर सानोतिनो घर घडेरी किन्छस् कि भनेर आशा गरेको थिए“, सिन्को नठड्याउने भइस् होइन त ?’ मै ले नम्र हुदै भने– । बाबा बिस्तारै गर्नु पर्छ नि......।’ मेरो कुरा नै नसुनी भन्न थाल्नु भयो– । होइन यति बेला पनि केहि नगरे कहिले गर्छस् ह“ ? आ नो भ“mुडी मात्र भर्ने हो भने त किन बिदेस जानु ? त्यहा“ बस्नु पनि पर्दैन, खुरुक्क घर आइजा ।’ मैले बाबाको कुरालाई यतिकैमा रोक्दै गाउ“घर को बारेमा के कसो छ ? भनेर सोध्न थाले । ।।।समयमा पानी नपर्दा खेतहरु समयमा नै रोपाइ“ गर्न नसकिएको जानकारी गराउनु भयो । कसैकसैले भर्खरै मैझारो गर्दै गरेको कुरा पनि जानकारी गराउनु भयो । पाखाखेतहरु सबै आकाशे पानीकै भर पर्नु पर्ने भएकोले गाउ“मा यो साल ६ महिना भित्र नै अनिकाल लाग्ने चिन्ता पनि जाहेर गर्नु भयो ।’ ने पाल कृषि प्रधान देश भएर पनि नेपाली जनताहरुलाई युगौ“ देखि अनिकालको लागि रहेकै छ । 

हाम्रो गाउँमा यो साल अनिकाल लान्दा के नै हुन्छर । यो त बाबाको महानता हो । यस्तै चिन्ता हाम्रो देशको ने ताहरुलाई भए कस्तो हुन्थ्यो होला ? आफै“लाई प्र्र्रश्ने गरें । खेतीको कुरा यति मै सकियो, अनि छिमेकीहरुको कुरा हुन थाल्यो ।  खुट्टा लागेको र बोली फुटेका जति सबै बिदेसतिरै धाएका छन् । बिदेस नगएकाहरु पनि सुख खोज्दै शहर तिरै गएका छन् । त्यसैले अहिले गाउ“घर त एउटा बृद्धा आश्राम जस्तै भएको छ । अरु बेला त ठिकै छ तर यहा“ त विहेमा जन्ती र मर्दा मलामी जाने मान्छे पनि पाउन छाडियो । घरमा त“लाई थाहै छ तातो पानी तताइ दिने कोहि छैनन् ।’ बार ा भाइ छोरा तेरा भाइ नाति बुढाको धोक्रो काधै माथि’ भनेको सत्य रहेछ । भन्दै गुनासाहरु पनि पो ख्नु भयो । अनि गाउ“को नरे पनि कतार आउदै गरेको कुरा सुनाउनु भयो । मेरो फोन नम्बर माग्न जा“दा उसै ले भनेको रहेछ । यो कुरा सुने पछि म छक्कै परेर सोधे । बाबाले भन्नु भयो– । ६ महिना पहिले मात्र पल्टन बाट पेन्सन आएको थियो बूढी यूके जाने भनेर घर पनि २० लाखमा बैंकमा धितो राखेको रहेछ । 

नरे पल्टन बाट पेन्सन निस्किए पछि त्यही“ घर उकासेछ । अनि उ चा“हि उतै कतारमा सेक्यूरेटी गार्डको काममा आउन लागेको छ ।’ म भन्दा सिनियर त्यो नरे दाइ म सानै हुदा आठ कक्षमा पढ्दा पढदै भारतीय सेनामा भर्ती भएका थिए । दुई पटक संयुक्त राष्ट्रसघंको मिसन शान्ति स्थापनार्थ युद्ध ग्रस्त क्षेत्र अफ्रिकी मुलुकमा शान्ति से नाको रुपमा गएको थियो । पैसा त्यति बेला धेरै कमायो भन्थे । त्यही“ ताका उसले धरानमा दुई तले घर बनाएको कुरा गाउ“लेहरुको मुख बाट सुनेको थिए“ । तर त्यो घर पनि ति भाउजूले उडाई दिइछन् । यो कुरा सुने पछि मेरा मन पनि धेरै अमिलो भयो । किन भने पैसा कमाउनुको पीडा अलिअलि मलाई पनि थाहा छ ।  कसैलाई नसुनाउनु है भन्दै अर्को कुरा पनि सुनाउनु भयो,पल्लो घरको कान्छाको कुरा । उसको बढीले ह ̈क ̈ तिरै बूढालाई पनि लान भनेर भिसा पठाइ दिएको रहेछ । यता बूढो निकै दिन देखि बेपत्ता थियो । हिजोअस्ति मात्र थाहा भयो त्यसले त आफन्तै पर्ने पल्लो गाउ“को केटी टिपेर पो भागेको रहे छ ।’ 

गाउ“मा त केके भएको छ केके....... रुपेशको बूढी पनि नानी पढाउने भनेर शहरमा बस्दै थियो । उ पनि पोइला गएछ । त्यो लाहुरेनीलाई पनि के अहमतले छोएको कोनि उसलाई के को खा“चो थियो र ? पैसामा पैसा थियो,छोरामा छोरा थियो । बूढा मा बूढा थियो । फेरि पोइला पनि रिक्सा चालक स“ग पो गएछ ।’ ।।।तिमीहरु घर परिवार देश भन्दा टाढा दूर देशमा गएर खाई नखाई दुःख गरेर पैसा कमाउछौं । जे जति कमाएको पैसा घरमा पठाउछौ । आफूले पठाएको पैसा कहा“ कसरी खर्च हुदैछ भनेर कहिल्यै सोचे को छौं ? अगाडी भन्न थाल्नु भयो म त डा“डाको जून जस्तै हो । मैले तेरो लागि नै भनेको हो । र मेरो हात गोडा चलुन्जेल तिमीहरुको एकै पैसा पनि चा“हिदैन । थला परे पछि भने पाले पूण्य मारे पाप तिमीहरुकै हो ।’ यस्तो कुरा सुने पछि शहरको कुरा गर्ने बित्तिकै बाबाको दिमाग तातिने कारण बिस्तारै बुझ्दै गए“ । त्यसैले त उहा“ भन्नु हुदो–। रहेछ शहर भनेको पैसा नास गर्नेे र जीवन वर्वाद गर्ने ठाउ“ हो भनेर ।’ 

मलाई सोध्नु पनि भयो । शहर तिर विवाहलाई खेला“ची र मजाक मात्र ठान्छन् कि क्या हो ? कस्को बूढा,कस्को बूढीको कुनै मतलब हुदैन ? कन्य र बिदुवा सरोकार नै नहुने आ नो र पराई पनि थाहा नहुने यो कस्तो जमना आएछ । हाम्रो जमनामा त केटा र केटी नै देखादेख पनि भएका हुदैन थिए । आमा बाबाको रोजाइमा नै विवाह हुन्थ्यो,फेरि पनि अर्काको बूढी ल्याउने र बूढा खोस्ने दुस्कर्म हुदै न थियो । आजकलको केटाकेटीहरु के भएका हुन् ?’ बाबाको कुराहरुमा सया“ै प्रश्नहरु अनगिन्ती गुनासाहरु र थुप्रै असन्तोषहरु थिए । मलाई पनि छिट्टै घर फर्किन निर्देश दिदै भन्नु भयो– । जमाना खराब छ रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नु नदिनु नै बुद्धिमानी हो ।’ परिवार स“ग टाढा भएर बिदेसमा दुःख गर्नु भनेको राम्रो स“ग घर व्यावहार चलाउनको लागि नै हो । अनि भबिश्यमा केहि सुख होस् भनेर नै हो । 

पैसा कमाउनलाई मुठी कस्नु पर्छ मुठी । बिदेसको कमाइ भने को खहरेको भेल जस्तै हो थुन्न सकेन भने बगेर जान्छ । त्यसैले धेरै फुर्मास गर्नु हुदैन,तर पैसा मात्र पनि हेर्ने होइन । यसरी पैसा कमाए पनि परिवार नै बिग्रीयो भने त्यो पैसाको के काम भयो र ? पैसा भनेको त आज छ भोलि छैन । तर परिवार र जीवन त्यस्तो होइन ।’ यस्तै कुरा हुदाहुदै फोन काटियो । नेपालको टेलिफोन सेवा पनि त्यस्तै हो भनि चित्ता बुझाए“ । फेरि पनि धेरै नै कुराहरु पनि भयो सन्तोष नै माने । तर सुचना र संचार जगतले हासिल गरेको अतुलनिय प्रगतीले सिङ्गो दुनिया“लाई एउट सानो घेरा सिमीत बनाई दिएको छ । भन्न चा“हि यस्तै भन्छौं,तर आÏनो छिमेकमा यस्तो अकल्पित घट्नाहरु घटि रहदा पनि म बेखबर छु । त्यो मेरो घर संसार हो, जहा“ मेर ो जीवन अल्झेको छ । 

बाबाले गर्नु भएका ति सारा कुराहरु कुनै काल्पनिक थिएनन् । ति घट्नाहरुको उदाहरण दिदै“ हामीले पनि त्यस्तो अनिष्ट बेहोर्नु नपरोस भनि सचेत गराउनु भएको मात्र हो । हुन पनि आजकल यस्ता धेरै घट्नाहरु घटि रहेका छन् । यो समस्या केवल मेरो गाउ“को मात्र पनि होइन । यो त सिङ्गो देशको टड्कारो समस्याको रुपमा देखिएको छ । बाबाको ति कुराहरुले मलाई पनि गम्भीर सोचमा डुबायो । मेरो पनि मुटु कतै चस्स...चस्स...घोचे जस्तै भयो । आज मेरो गाउ“ र देश बदलिदएछ । तर त्यसैले यता हरेक परदेशीहरु यसर ी नै पलपल मर्दै बा“च्नु परेकोछ । 

हाम्रा बाबाले जस्तै आÏनो छोराछोरीहरुको भविश्यको चिन्ता र चासो हरेक बाबाआमाहरुलाई हुदो हो । हामी ठाउ“,जमना र पैसालाई दोष दिन्छौं । तर पैसा,जमना र समाज कदापि दोषी होइनन् । वाध्यतावस जो जहा“ बसे पनि हरेक मान्छेहरुमा आफै“ भित्र इमान्दारी, परिवार प्रति जीम्मेवारी र बफादारी हुनु पर्छ । तब मात्र नरे र रुपेशहरु जस्ता बिदसीएका नेपालीहरुको भविश्य उज्जवल र सुनिश्चित हुन सक्छ । तब मात्र भिसा पठाउने बुहारीहरुको सपना साकर हुन सक्छ र मात्रै म र म जस्तै बिदेसीएका लाखौं नेपालीहरुले आरामले निदाउन सक्छन् । अनि ढुक्कले बस्न र बा“च्न सक्छन् । 

चकेन्द्र कैदी’ राई

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com