कविता By, हरि पौडेल
३६५ नारी भएर बाच्न देऊ
परिभाषाको बन्धनमा बाँधी राखेछन
सीता र साबित्रीको उदाहरण दिन्छन्
इन्द्र बनेर अप्सरासँगैडुल्नेहरु
खोई त राम र कृष्ण यहाँ ?
मलाई मात्र नारी भएर बाच्न देऊ
बालकपन पुतलीसरी बितेथ्यो मेरो
स्वछन्द फुर फुर
बैंश्य आउनेबित्तिकै
हर पाइलोमा पहरा किन ?
इच्छया आकान्छ्या सबै
मनमैगुम्सि रहे
भन्न पाइन मेरो चाहना केहो ?
मलाई मेरो मर्जीलेबाच्न देऊ
घर की लक्ष्मी भनी उपमा दिन्छन्
दलाउन कहिलेछाडेनन
पुराणका कथाहरुको चर्चा गर्दै
नारीको सम्मानको ब्याख्या गर्छन
ब्यवहारमा खोई त महत्व नारीको ?
खानदानको इज्जत
छोरी कैदाइजो
पुरुष सँधैस्वतंत्र छ
समानताका कुराहरु
पुस्तकमा मात्रैदेखिन्छ
स्वछन्द रुपलेकतैहाँस्यो बोल्यो भने
चर्चाको बिषय बनिन्छ
नारी दिवस मनाई पाखण्ड गर्नेहरु
मलाई स्वछन्द भैहाँस्न देऊ
उही बालकपनको पुतली जस्तै
स्वतंत्र भैनाच्न देऊ
मलाई मात्र नारी भएर बाच्न देऊ
हरि पौडेल
नेदरल्याण्ड