कविता By, निशा खनाल अर्याल

 
कविता By, निशा खनाल अर्याल 
"यदि.......,भए !"
"प्रकासको पीडामा ,...
छटपटाउने जिवहरुले ,
आधि रातमा रोईरहेको,
औशीलाई हेर्दा
चकमन्न निर्जीव झै,
सुनसान वातावरणमा
ज्योतिविहिन आखाको ज्योति ,
आफै भित्र पाउछ।

परिवेस शून्य ,
गन्तव्यका यात्रिले...
मध्यान्नमा,
आकाश नियालेर हेर्दा,
कोलाहलपुर्ण ,
ग्यात अग्यात द्दृष्यभित्र,
कमजोर आयुमात्र,
सामने लड्खडाउछ ।

तिता मिठा भावनाका कयौ,
छालहरुमा नुहाउदा,
जिवन शैलि सदाको लागि,
रङ्गिन हुने भए...
प्रचण्ड गर्मिमा ,
भकभकि पाकिएकोबेला,
हिमश्रिङ्खलाको ,..
कल्पनाले कपाउने भए ।

स्काइपि, भाइवर,फेशबुक ,
र नेटले दिएको आनन्द,
बास्तबिक जीवनले,
उपभोग गर्न पाए
गरिवि र अभाबै अभावले ,
रोएको मनले त्यहाँ,
जादु कल्पनाको ,
मिठासले रम्न पाए ।

श्वर्ग धर्ति हुन्थ्यो ,
धर्ति श्वर्ग नै,..
अशान्ति शान्ति र,
शान्ति अशान्ति मै
मृत्यु जिवन हुन्थ्यो ,
जिवन मृत्यु झै,
मानिस देउता हुन्थ्यो,
देउता के हुन्थ्यो खै ?
निशा खनाल अर्याल
इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com