दारेचोक गाविसद्वारा बृद्धबृद्धालाई सम्मान Photo Feature...

चितवन ०९ भदौं,

शिशिर सिम्खडा : चितवनको पहाडी दारेचोक गाविसले आज एक कार्यक्रमको आयोजना गरी गाविस भित्र रहेका बृद्धबृद्धाहरुलाई सम्मान गरेको छ । गाविसले यहाँका २ सय ४० जना बृद्धबृद्धालाई सम्मान गर्नुका साथै मनकामना मन्दिरको समेत दर्शन गराएको हो ।

स्थानीय विकास अधिकारी भर तमणि पाण्डे र गाविस सचिव निलकण्ठ लामिछानेले सयुक्त रुपमा २ सय ४० जना बृद्धबृद्धालाई दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको थियो । ७० बर्ष भन्दा बढि उमेरका गाविस भित्रका सबै बृद्धबृद्धाहरुलाई निशुल्क रुपमा के वुलकारवाट मनकामना मन्दिर दर्शन गराईएको गाविस सचिव निलकण्ठ लामिछानेले जानकारी दिनुभयो ।

बृद्धबृद्धाहरुलाईलाई तीजको अवसरमा गाविसले दर समेत खुवाएको थियो । उमे र ढल्किएका कारण लामो समय देखि मनकामना दर्शन गर्न नपाएका र अहिले सम्म मनकामना नगएका बृद्धबृद्धाहरुलाई दर्शन गराईएको हो । सो कार्यक्रममा चितवनका स्थानीय विकास अधिकारी भरतमणि पाण्डे प्रमुख अतिथि र हनुभएको सो कार्यक्रममा नेपाली काँग्र ेस दारेचोकका मित्रलाल त्रिपाठी,एमाले का मिनबहादुर श्रेष्ठ,एमाओवादीका चन्द्र मणि सापकोटा,नेकपा–माओवादीका गंगार ाम यादव,राष्ट्रिय जनमुक्ति पार्टीका एक बहादुर थापामगर,गाविस सहायक रत्नबहादुर मल्ल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
  सो कार्यक्रम दारेचोक गाविस सचिव निलकण्ठ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । ।





Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com