मनाससको तिज यस्तो रह्यो l

भर्जिनिया ,भाद्र ९ ,

विजय थापा , '' हरितालिका तीज '' अमेरिकाको भर्जिनिया राज्यको मनाससमा अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा भब्यताको साथ सम्पन्न भएको छ । ​ ​निरन्तर ५ बिगत बर्ष देखि चेलीबेटीहरुलाई दर खुवाउने गरेको आयोजकले बताए ।

मात्री भुमि छोडी परदेशमा रहेका दिदि बहिनिहरुलाई माईति कै जस्तै वातावरण बनाउनुको साथै तीजका मिठा गीत तथा सांगीतिक माहौल तयार गरि महिलाहरु स्वत फुर्त रुपमा सहभागी गराई कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका सक्रिय मधु पन्थीले दिए । कार्यक्रममा बच्चा ,बृद्ध ,पुरुष तथा आमन्त्रित पाहुनाहरुको उपस्थिति रहेको थियो भने बिभिन्न शहरबाट महिलाहरु सहभागी भएका थिए ।
महिलाहरुले खुशी लागेको ब्यक्त गर्दै नाच गानमा खूब रमाएर भाग लिएका थिए । संस्थाका अधक्ष्य सागर कंडेलले सबैलाई उपस्थित जनाई दिनु भएकोमा धन्यबाद दिएका थिए । समाजबाट आफुलाई व्यापक सहयोग भएको र सौजन्य समेत प्राप्त भएकोमा सबै सहयोगीहरुलाई पनि धन्यबाद दिएका थिए । तीजको उपलक्ष्यमा सबैलाई नि:शुल्क दर खुवाईएको थियो । कमल भट्टराईले कार्यक्रमको लागि निक्कै मेहनत गर्नु परेको भन्दै यो हाम्रो लागि सौभाग्य हो भने ।

डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जन घनत्व वृद्धि संगै बिगत भन्दा कार्यक्रममा निक्कै बाक्लो उपस्थिति रहेको थियो ​। संस्थाको तर्फबाट नेपाल भएको बाढी पिडितहरुको लागि पन्ध्र सय डलर नेपाल पठाई सकेको जानकारी कमल भट्टराईले दिए । आगामी बर्षहरुमा पनि यसलाई निरन्तरता दिने जानकारी सक्रिय सदस्य पदम रेग्मीले जनाए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com