सिराइचुलीको आगनीमा तिज मेला I

 काठमान्डू भाद्र ९,

साजन पौड्याल : हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर जुटपानीमा रहेको सिराइचुली एफ एम ९७.३ मेगाहर्जले तिज मेला २० ७१ आयोजना गर्ने भएको छ । एफ एमले कला र सस्कृतीकोे संर क्षणका लागी भन्दै तिज मेला आयोजना गर्न लागेको हो ।

भदौ बाह्र गते जुटपानी खोलेसिमल बजारमा स्थानिय २ संस्थाको सहयो गमा कार्यक्रम गर्ने एफ एमले जनाएको छ । खोलेसिमल बजार व्यवस्थापन समिती र सुरक्षित बचत तथा क्रृण सहकारी सस्थाको सहयो गमा एफ एमले तिज मेला आयोजना गर्ने एफ एमका अध्यक्ष बिशाल आले मगरले बताउनु भयो । मेला निकै सव्य र प्रभावकारी बनाउने भन्दै सवैलाई सहयोग गर्नका लागी सम्पुर्णलाई बजार व्यवस्थापन समितीका अध्यक्ष हरी भण्डारीले आग्रह गर्नु भयो ।

मे लालाई तिजमय बनाउनका लागी वातावरण र सरसफाई सम्वन्धि तिज गित प्रतियोगिता समेत आयोजना गर्न लागिएको बचतका अध्यक्ष द्रोण लामिछानेले जानकारी दिनु भयो । प्रतियोगितामा सहभागिता जनाउन चाहाने समुहले भदौ १० गते सम्म समुह दर्ता गराउनु पर्ने एफ एमले जनाएको छ । प्रतियोगितामा विजयी हुने समुहले नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com