उपभोक्ताले नै विषयुक्त तरकारी मन पराए पछि विषादीको बढी प्रयोग I

सर्लाही  श्रवन १८,

चूडामणि वाग्ले : उपभोक्ताले नै विषयुक्त तरकारी मन पराएकाले विषादीको बढी प्रयोग भएको तरकारी उत्पादक कृषकले आरोप लगाएका छन्। 

सर्लाहीको लालबन्दीमा शनिबार अखिल नेपाल किसान महासंघले आयोजना गरेको विषादी सचेतना अन्तरक्रियामा बोल्दै स्थानीय अगुवा तरकारी उत्पादक सरस्वती कार्कीले भन्नुभयो— उपभोक्ता सचेत नभई विषादी नियन्त्रण ह ुदैन। तरकारी उत्पादक कृषकले कम विषादी प्रयोग भएको तरकारीमा थोरै कीराको असर देखिने भएकाले त्यस्तो तरकारी उपभोक्ताले मन नपराउने बताएका छन्। स्थानीय बोडी उत्पादक किसान लोकबहादुर श्रेष्ठको पनि त्यस्तै भनाई छ। उहा भन्नुहुन्छ— उपभोक्ता आकर्षक तरकारीमा लोभिन्छन्, त्यसैले त्यस्तो उत्पादनका लागि हामीले बाध्य भएर धेरै विषादी राख्नुपरेको छ। कालिमाटीमा बिक्री गर्न लगिएको लालबन्दीको बोडीमा अत्यधिक विष भएको पाइएपछि अहिले यहा को बोडी बिक्री नभए किसान समस्यामा छन्। 

प्रतिकिलो ४० रुपिया पर्ने बोडी अहिले १० रुपिया मा पनि नबिकेको अर्की कृषक सीता लामाले बताउनुभयो। अहिले भने यहा को बोडीमा विषादीको मात्रा मापदण्डभित्रै रहेको परीक्षण भएको जनाइएको छ। अन्तरक्रियामा किसानह ले उपभोक्ता सचेत भए विष स्वतः कम हुने दाबी गरे। जिल्ला कृषि विकास कार्यालयका प्रमुख युगलकिशोर तिवारीले बजारमा तरकारी हेर्दा चम्किलो हैन बरु केही कीराले खाएको लिने गरे उपभोक्ता विषादीबाट जोगिने जानकारी दिनुभयो। राष्टि य तेल बाली विकास कार्यक्रमका संयोजक एवं कीरा विशेषज्ञ पीताम्बर ठाकुरले विषादीको अन्धाधुन्ध प्रयोगले मित्रजीवको नास भइरहेकाले किसानलाई सचेत गराउनुभयो। उहा ले भन्नुभयो— नेपाल तुलनात्मक पमा कम विषादी प्रयोग गर्ने मुलुक हो तर कृषकले ठाउ मा नबुझी विषादी प्रयोग गर्दा नकारात्मक सन्देश जान थालेको छ। 

कृषि प्रसार अधिकृत विजयकुमार मण्डलले विषादीको बोतलमा नै हरियो, नीलो, पहेंलो र रातो रंगको संकेत हुने बताउ दै भन्नुभयो— पसले र कृषकले छिटो कीरा मार्न पहिलै चरणमा रातो रंग भएको बोतल प्रयोग गर्छन् जबकि त्यो घातक भएकाले प्रयोग गरिहाल्न मिल्दैन। उहा ले हरियो, नीलो र त्यस्तै परे पहेंलो संकेत भएको विषादी प्रयोग गर्नुपर्ने बताउनुभयो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com