कैदीबन्दीलाई सवा सय किलोमिटर टाढाको जेल I

सर्लाही श्रावन १८,

चूडामणि वाग्ले : सर्लाही सर्लाहीका कैदीबन्दीलाई अब १ सय २५ किलोमिटर टाढा रहेको मकवानपुरको भीमफेदी पठाइने भएको छ। सर्लाहीमा कारागार भवन निर्माणाधीन अवस्थामा रहेकाले यहा का कैदीबन्दीलाई भीमफेदी कारागार पठाउने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेलले जानकारी दिनुभयो। 

यस पहिले महोत्तरीको जलेश्वरमा अभियुक्तलाई राखि दै आएको भए पनि ठाउ को अभाव भन्दै केही दिनदेखि कारागार प्रशासनले राख्न अस्वीकार गरेको छ। जिल्ला प्रहरीका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले ठाउ को अभाव भन्दै जलेश्वरले पटकपटक फर्काएका अभियुक्तलाई सिरहा कारागार पठाइसकिएको बताउनुभयो। कारागार व्यवस्था विभाग र प्रहरी प्रधान कार्यालयको समन्वयमा बिहीबारदेखि यहा का कैदीबन्दीलाई अर्को व्यवस्था नभएसम्म भीमफेदी पठाउने व्यवस्था भएको हो। 

प्रजिअ पोखरेलले छिमेकी जिल्ला सिन्धुली, महोत्तरी र रौतहटमा पनि क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले टाढा भए पनि मकवानपुर पठाउन बाध्यता रहेको बताउनुभयो।आफैं जीर्ण रहेको सदरमुकाम मलंगवामा रहेको जिल्ला कारागार सशस्त्र द्धन्द्धमा थप क्षतिग्रस्त भएपछि काम नलाग्ने भएको थियो। 

नया भवन निर्माणाधीन रहेकाले सर्लाहीमा पक्राउ परेका अभियुक्तलाई केही वर्षदेखि महोत्तरी कारागार पठाउने गरिएको थियो। प्रहरीका अनुसार १ सय २५ किलोमिटर टाढा कैदीबन्दी लान ठूलो झन्झट व्यहोर्नुपर्छ। सुरक्षा, खर्च, जनशक्ति र समय सबै प्रकारले मकवानपुरमा कैदीबन्दी ल्याउन र लान समस्या हुने प्र्र्रहरीको भनाइ छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com