सानु खनिया : सिन्धुपाल्चोकको माङ्खामा शुक्रबार राती गएको पहिरोले धेरै धन जनको क्षति भएको खवरले हामी अत्यन्त दुखी भएका छौं ।
देश परेको यो प्राकृतिक प्रकोपमा टुलुटुलु हर्नुको विकल्प सिर्जनाबाट पनि सहयोगी हात बढाउन सकिन्छ भन्ने अभिप्रायले शनिवार राती नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाकी अध्यक्ष सुचित्रा खनियाको अध्यक्षतामा आकस्मिक बैठक बसी यथासक्य सहयोग रकम संकलन गर्ने निर्णय गर्यो ।
पहिरोबाट सुनकोशी नदी पुरिएर परेको तालले कतिपय बस्ती डुवानमा परेर बेहाल बनेको छ भने अहिलेसम्म जनधनको क्षतिको यकिन समेत हुन सकेको छैन । पोहोर साल सुदुर पश्चिामञ्चलमा बाढी पहिरो जाँदा नेपाल मुक्तक प्रतिष्ठान, काठमाण्डौले सिर्जनाबाट पनि सहयोगी हात बढाउन सकिन्छ भनेर दैवी प्रकोप उद्धार कोषमा १ लाख ७ हजार रकम हस्तान्तरण गरेको कुरा यहाँ स्मरण गराउन चाहन्छौं ।
रोजगारीको सिलसिलामा हामी यहाँ इजरायलमा रहे पनि आफ्नो देशको कुनै भागमा आई परेको विपत्तीमा जति सकिन्छ, आ- आफ्नो ठाउँबाट सहयोगका लागि यो अपिल गरिको छ । सहयोगका लागि नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाका पदाधिकारीहरुलाई सम्पर्क गर्नुहुन समेत आग्रह गरिन्छ ।
सम्पर्क :
सुचित्रा खनिया 0545576384
सुरेन्द्र प्रसाँइ 0546015404
श्रीराम अधिकारी - 0546013907
समा श्री -0547296639
बि जे बिद्रोही रार्इ -0544639728
सुनिता रार्इ -0543558824
साबित्रा लुइँटेल -0546672468
शान्ता खवास - 0545737384
कल्पना पौडेल जिज्ञासु - 0546254902
देवी सुबेदी -0546296153
बशु श्रेष्ठ -0549382062