तेल अभिव (इजरेल) श्रावन ३१,
नारीदर्पण : उत्तर अमेरिका ए एन ए साहित्य प्रतिष्ठानले अन्तराष्ट्रिय कविता प्रतियोगीता २०१४ को आयोजना गरेकोगरेको थियो । उक्त कविता प्रतियोगितामा स्वदेश तथा बिदेशमा रहेका साहित्यानुरागीहरुले निकै उत्सुकताका साथ् सहभागिता जनाएका थिए। प्रतियोगितामा ३२९ कविता प्रतिष्ठानमा पुगेका थिए ।
जस मध्येबाट उत्कृष्ट ३२ वटा कविता छानिएका थिए र पुनः १६ कविता छानिए त्यसपछि प्रतियोगिताले अन्तिम रुप लिएको थियो । यहीं १६ भित्र इज़रायलमा कार्यरत कवयित्री समाश्री राउत को सुन्दर कविता पर्न सफल भएको छ तसर्थ उहाँलाई हार्दिक बधाई छ ।
समाश्री को १६ औं स्थान भित्र पर्न सफल कविता जस्ताको तस्तै प्रस्तुत छ :

कविता : ''नरिवल जिन्दगी''नारीदर्पण : उत्तर अमेरिका ए एन ए साहित्य प्रतिष्ठानले अन्तराष्ट्रिय कविता प्रतियोगीता २०१४ को आयोजना गरेकोगरेको थियो । उक्त कविता प्रतियोगितामा स्वदेश तथा बिदेशमा रहेका साहित्यानुरागीहरुले निकै उत्सुकताका साथ् सहभागिता जनाएका थिए। प्रतियोगितामा ३२९ कविता प्रतिष्ठानमा पुगेका थिए ।
जस मध्येबाट उत्कृष्ट ३२ वटा कविता छानिएका थिए र पुनः १६ कविता छानिए त्यसपछि प्रतियोगिताले अन्तिम रुप लिएको थियो । यहीं १६ भित्र इज़रायलमा कार्यरत कवयित्री समाश्री राउत को सुन्दर कविता पर्न सफल भएको छ तसर्थ उहाँलाई हार्दिक बधाई छ ।
समाश्री को १६ औं स्थान भित्र पर्न सफल कविता जस्ताको तस्तै प्रस्तुत छ :
म
अनभिज्ञ सरल
नरिवल जिन्दगी
कहिले हर्षको वर्षाले भिजेर
कहिले बिस्मातको रापले पोलेर
कहिले जितको उन्मादमा नाचेर
कहिले हारमा शिर झुकाएर
समयसँग समानान्तर
हुर्कदै आउँदा, बढदै आउँदा
काण्डहरु खस्राखस्रा भए
पातहरू धुजाधुजा छरिए
जिन्दगीका सबै रंगहरुमा पोतिएर
निर्विकल्प
जीवनसंगत लागेका फलमा
बाहिर अनुभवका जटा छ
बिचमा संकल्पको खबटा छ
तर भित्र दृष्टि देऊ त !
केन्द्रमा अझै उस्तै छु
भावको छताछुल्ल पानी
तिमी सर्वज्ञ
तर
केवल भोक्ता चिन्तन
भोगको कामना
सन्तुष्टिको चाहना
तृप्तीको परख
निर्घात धारिलो चक्कु
निर्दया जटा छोडाउँछौ
बलजफति खबटा फोडछौ
राक्षसीपनले
भित्रका पानी
मुल्यहिन बनाउँदा
कहिले सोचेका छौ
कति चर्किन्छ यो छाती ?
कति पीडित हुन्छ अस्तित्व ?
कति मर्माहत हुन्छ सार ?
भोक्ता र भोगको सम्बन्ध
किन यति पिशाची
किन यति बज्र
प्रश्नहरू
मूढतामा सदैव उठ्छन्
उत्तरमा नियती
सदैव मौन बस्छ
किंकर्तव्यबिमूढ
दिग्भ्रमित हुन्छु
आश्चर्य लाग्छ
तिमी हुनु या नहुनुको सारमा
मैले भनेथेँ
बारम्बार भनेथेँ
दृष्टिदोषको कारक आवरण
सत्य बिम्ब होइन
केन्द्रमा निहित तत्व
जीवनाधार हो
रंगमञ्चमा देखिने चरित्र
क्षणिक सत्य हुन्
बोलिने सम्बादहरु
गुञ्जन पश्चात्
समयको कालो भष्मरासमा बिलाउँछन्
अनावरण पत्रेपर्दाको हुनुपर्छ
मूलतः
रंगमञ्चका पत्रे–पर्दाभित्र
बाँचेको हुन्छ
नरिवल जिन्दगी